सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विभिन्न सार्वजनिक र ऐतिहासिक सम्पदा सरकारबाट भाडामा लिएर व्यवसायीक कारोबार गरिरहेको बतास समूहलाई क्षतिपूर्ति दिनेबारे नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिमा छलफल शुरू भएको छ ।

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए । उक्त संरचनामा भएको क्षतिपूर्तिबापत बतास समूहले रकम पाउनुपर्ने दाबी गरिसकेको छ । कानूनको छिद्र प्रयोग गरेर बतास समूहलाई नारायाणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया संचालन गर्न अनुमति दिइएको थियो ।

- Advertisement -Poco C3

२०७७ साउनको २६ गते गोरखापत्रमा सूचना नै निकालेर समितिले दरबार संग्राहलयमा क्याफ्टेरिया र सोभिनियर सप संचालन गर्न आह्वान गरेको थियो । तत्कालीन केपी शर्मा ओलीको सरकारले समितिलाई संग्राहलयभित्र क्याफ्टेरिया संचालन गर्न सहमति दिएलगत्तै निकालिएको उक्त बोलपत्र आह्वानमा बतास समूहका तीन कम्पनीले आवेदन हालेका थिए ।

नारायाणहिटी दरवार संग्रहालय परिसरभित्रको क्याफ्टेरिया संचालन गर्ने कार्य तर्फ बतास एसोसियट्स प्रा.लि., होटल आनन्द प्रा.लि. र बि.पि.एस.लिजिङ एण्ड म्यानेजमेन्ट प्रा.लि. गरी ३ वटा बोलपत्रहरु पेश भएको देखिएको छानविन समितिको प्रतिबेदनमा उल्लेख छ ।

यसरी ३ वटा बोलपत्र मध्येबाट कर बाहेकको कबोल अंक प्रति महिना पहिलो वर्ष रु २,२१६१८।–, दोस्रो वर्ष २,४३,७७९.८० र तेस्रो बर्ष २,६८,१५७.७६ कबोल अंक रहेको बि.पि.एस. लिजिङ एण्ड म्यानेजमेन्ट प्रा.लि. (नाम संशोधन भइ बि.म्यानेजमेन्ट प्रा.लि.भएको) को बोलपत्र फर्म स्वीकृत भएको थियो ।

कानूनी छिद्र प्रयोग गरेर बतास समूहले नारायणहिटीको ठेक्का हत्याउन सफल भएको थियो । तर कानूनमार्फत नै सबै प्रक्रिया पूरा भएकाले बतास समूहले संग्राहलयभित्र निर्माण गरेको संरचनाको क्षतिपूर्ति अदालतमार्फत लिन सक्ने व्यवस्था छ ।

बतास समूहले बुधवार एक विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिसमेत मागेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘कानुनसम्मतरूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरू कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ । त्यसैले बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरू मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहन्छौं ।’

क्षतिपूर्ति नपाए अदालत जाने बतास समूहको तयारी छ । यसबारे समितिका एक पदाधिकारीले भने, ‘सरकारले कानूनसम्मत ढंगबाट दिएको ठेक्का यदि सम्झौताविपरित रद्द हुन्छ भने रद्द गर्ने पक्षले क्षतिपूर्ति दिनुपर्छ, यसबारेमा छलफल भइरहेको छ ।’

उनले पर्यटन मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । विवादमा परेपछि नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने पहिल्यै राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

विवादमा आएपछि बतास समूहका प्रमुख आनन्द बतासले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिंदै आफूले कुनै पनि गल्ती नगरेको बताउने गरेका छन् ।

तर उनले आफ्नो सम्बन्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App