बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

विशाल भट्टराई: एमसीसी पास गर्न एमालेले साथ दिन्छ भन्ने दिवासपना नदेखे हुन्छ !

प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन्।

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज ९बिहीबार० रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् ।

- Advertisement -Poco C3

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको ६ महिना यत्तिकै व्यतित भएको उल्लेख गरे । उनले भने–‘सरकारको ६ महिनाको समिक्षा गर्दा यो ६ महिना त्यतिकै व्यतित भयो,

प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’

भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले भने,‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो ।’ उनले सरकारको ६ महिनाको कामको समिक्षा गर्दा

कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । उनले भने,‘उहाँहरुले एमालेलाई सर्वाधिक धेरै गाली गर्नुभयो । एमाले यस्तो पार्टी हो, जसले गालीलाई स्विकार गर्दै तर्कसंगत खण्डन गर्नसक्छ।’

भट्टराईले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको उल्लेख गरे । उनले भने,‘दुनियाँमा अदालतले यति घण्टाभित्र सरकार बनाउनु र फलानोलाई प्रधानमन्त्री तोक्नु भनेको हामीलाई थाहा छैन् । तोकेको घण्टाभित्रै

शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुभयो ।’ उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको स्मरण गराए । उनले भने,‘अहिले म विकासको धेरै कुरा गर्न सक्दिन्, हाम्रो पार्टी

सरकारको नेतृत्वमा हुँदा ३९६ वटा आधारभुत तहको अस्पतालको शिल्यान्यास गरेका थियौं । ती कुनै नक्कली आयोजना होईनन । रणनीतिक सडक सांसदहरुले लेखेर दिएको हो । डिपिआर र नक्शान सकिएको थियो ।’

अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरु बेवारिसे बनेको नको गुनासो थियो । उनले भने–‘बजेट होलिडे यही बीचमा भयो । बजेटको अभावको कारण ठूलो समस्या भएको छ । बैंकहरुको तरलताको अवस्था छ। यति ठूलो संकट अहिलेसम्म आएको थिएन ।’

त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको उनको टिप्पणी थियो । ‘यहाँ कार्यक्षमता भएकाहरुलाई बेकामे बनाईएको छ, प्रशासनमा पनि अहिले बेथितिमात्रै छ’–उनले भने । त्यस्तै, विभिन्न देशमा राजदूहरु रिक्त रहेको पनि उनले गुनासो पोखे ।

उनले भने,‘चीनमा राजदूत खाली राखिएको छ। यो सरकार महाकाली तुईन प्रकरणमा चुँ बोलेन । एमसीसीको सन्दर्भमा सरकारको धारणा अहिलेसम्म आएको छैन् । कांग्रेसको धारणा त आयो, तर सरकारको धारणा के हो रु सरकारको एकीकृत धारणा अहिलेसम्म आएको देखिएको छैन् ।’

उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप लगाए । उनले भने,‘न्यायाधीशहरुको गुटबन्दी छ । न्यायालयमा चौपट समस्या उत्पन्न भएको छ । न्यायालय घुसखोरीको अखडा भएको छ, न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले यो कुरा भनेको हो । न्यायालयमा सुधारको लागि यो रिपोर्ट अक्षरंश पालना हुनुपर्छ ।’

भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि बताए । उनले भने,‘हामीले संसद् सदाको लागि विघटन गरेको थिएनौं, एमाले संसदीय व्यवस्थाको लागि धेरै योगदान गरेको पार्टी हो । यसबाट एमाले किमार्थ पछि हट्दैन् । ०७४ को सालको जनादेशलाई यो संसदले बोकेन भनेर विघटन हामीले गरेको हो ।’

उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । उनले भने,‘सुरुमा हामीले गठबन्धन गरेका थियौं, पछि बाध्य भएर पार्टी एकता गरेको हो । अहिले कांग्रेसका साथीहरु यही गठबन्धन लिएर चुनावमा जानुभयो भने भोलि भोग्नुहुन्छ।

एमाले संसदीय व्यवस्था र संविधानका उपलब्धिबाट पछि फर्किँदैन् ।’ उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए ।

उनले भने–‘खोप स्टकमा छ भनियो, त्यो बेलाको सरकारले गरेको व्यवस्थाअनुसार यो सबै काम भएको हो । नयाँ तरिकाले खरिद गरिएको होईन । हावादारी गफ नगरे हुन्छ। बरु, अब खोपलाई अभियानको रुपमा लैजानुपर्छ । पारदर्शी तरिका अपनाएर खोपको व्यवस्था गर्नुपर्छ ।’

अहिलेकै अवस्थामा आफूहरुले संसद् चल्न नदिने उनको चेतावनी छ । उनले भने–‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो ।

सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगवेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नुपर्यो । यदि उहाँले यसो गर्नुभन भने मार्गप्रशस्त गर्नुपर्यो । एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् ।’

उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने,‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन् । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, शिघ्रादिशिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’ उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने,‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App