सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

भीम रावल: आफ्नो राजनैतिक गुरु माधव नेपालको साथ छोड्नु भुल भयो

नेकपा एमालेका नेता भिम रावललाई जताततैबाट आलोचनाको सिकार भएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका नेता भिम रावललाई जताततैबाट आलोचनाको सिकार भएका छन्। आजकाल उनि आफ्नो राजनैतिक गुरु माधव नेपालको साथ छोड्नु भुल भयो भन्ने सम्मको अवस्थामा पुगेका छन्।

नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशका तीन जना नेताले असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनबारे शीर्ष नेतृत्वसँग प्रश्न उठाएका छन्।

- Advertisement -Poco C3

एमाले उपाध्यक्ष भीम रावल तथा केन्द्रीय सदस्यहरु झपट रावल र भानुभक्त जोशीले १० बुँदे सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा नलगिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

असोज १५ देखि १७ सम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनमाथि छलफलका लागि डाकिएको पहिलो दिनको बैठकमा तीन नेताले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे अनुसार पार्टीलाई पुरानै अवस्थामा नफर्काएको गुनासो गरेका हुन्।

बैठकमा १० बुँदेबारे प्रश्न उठाएका नेता जोशीले भदौ १३ गते जारी गरिएको अन्तर पार्टी निर्देशन अनुसार पार्टी मूलत: २०७५ जेठ २ मा फर्किएर सक्रिय हुनुपर्नेमा त्यस्तो नभएको गुनासो गरेका थिए।

‘पार्टीलाई सर्वोच्चको फैसला र हाम्रै १० बुँदे सहमति अनुसार जेठ २ मा लैजान केन्द्रीय कमिटीले अन्तर पार्टी निर्देशिका पनि जारी गरेको छ’, जोशीले नेपालखबरसँग भने, ‘भदौ १३ गते जारी गरेक अपानि अनुसार पार्टी संरचना मूलत: २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील हुनेछन् भनिएको थियो। तर हाम्रो प्रदेशमा त्यस्तो हुन सकेन।’ अपानिसँगै १० बुँदे सहमति पनि तलसम्म पठाइएको स्मरण गर्दै जोशीले तर त्यसको कार्यान्वयनमा नेतृत्वले अनिच्छा देखाएको बताएका छन्।

‘अपानिसँगै १० बुँदे सहमति पनि सँगै पठाइएको थियो। तर ससदूरपश्चिममा अपानिमा उल्लेखित कुरा र १० बुँदे सहमति पनि अझै कार्यान्वयन भएन,’ उनले थपे, ‘हामी तीनैजनाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएर कुरा राखेका हौँ।’

ओलीले दिएनन् चासो

तर तीनजना नेताहरुले राखेको उक्त कुरालाई अध्यक्ष ओलीले खासै चासो नदिएको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले बताएका छन्। ओलीले तीन नेताको कुरा सुने पनि पछि छलफल गरौँला भनेर टारिदिएका छन्।

‘अध्यक्ष कमरेडले हाम्रा कुरालाई खासै महत्वका साथ चासो दिनु भएन। ठीकै छ पछि हेरौँला भन्नुभयो,’ जोशीले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले अब स्थायी कमिटी बैठक पनि बस्दैछ। त्यहाँ पनि बरु छलफल गर्न सकिन्छ।’

विकल्प खोज्ने

जोशीले यदि १० बुँदे अनुसार सुदूरपश्चिममा पार्टी जेठ २ को अवस्थामा नफर्किएमा विकल्प सोच्ने बताएका छन्। ‘हाम्रो प्रष्ट कुरा के हो भने १० बुँदे सहमति कार्यान्वयन भएन भने अपानि अनुसार पार्टी कमिटी अघि बढेन भने हामी विकल्प सोच्छौँ’, उनले भने, ‘पार्टीले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने हो भने त्यो पार्टी हुँदैन।’

जोशीले ओलीले आफूहरुलाई अल्मल्याउने नीति लिएको पनि गुनासो गरेका छन्। ‘निर्णय हुने तर कार्यान्वयन नहुने अवस्थालाई हामी स्वीकार्न सक्दैनौँ’, जोशीले भने, ‘अध्यक्ष कमरेडले हामीलाई अल्मल्याउने, घुमाउने, भित्र हाल्ने अनि ठोकठाक गर्ने नीति लिनु भएको रहेछ। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ। यो कुरालाई स्वीकारेर जान सकिँदैन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App