बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

नेता नेपाल: ओलिजी आउने चुनाबमा १० सिट ल्याएर देखाउनुस, म राजनीति छोड्छु

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ ।

- Advertisement -Poco C3

उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।

सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुने जनाइएको छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए । यस्तै नेकपा लोकतान्त्रिक पनि दर्ताको तयारीमा छ । सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् । चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन्। उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ । प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् ।

त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् । माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

अदालतको फैसला कुर्दै नेता नेपाल –

सोमबार बसेको स्थायी कमिटि बैठकले पार्टीबाट नेपाल सहित झलनाथ खनाल, भीम रावलसहितका ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।

यस्तै ओलीले निवर्तमान सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, झलनाथ खनाल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालाई स्पष्टिकरण सोधेका छन् ।

नेपाल पक्षका दुई जना नेताले दल दर्ता गरेपछि नेता नेपालले आधिकारिक रुपमा दल दर्ता गरिसकेका छैनन् । खासमा नेपाल पक्ष सर्वाेच्चको फैसलासँगै एमालेमा बस्न नसकिने माइन्ड मेकप गरिसकेको थियो । जब्बर ओलीलाई तत्कालिन नेकपामा रहँदा पार्टीबाटै निष्काशन गरेका नेता नेपाललाई आफूले पनि सोही नियति भोग्नुपर्नेमा स्पष्ट रहेका थिए ।

नेपालनिकटका एक नेताले शिखरअनलाइनसँग भने, – ‘कमरेड माधव कुमार नेपालले चैतको शुरू मै नयाँ पार्टीको लागि तयारी गरौँ, ओली जेठ दुईमा फर्कदैनन भनेर भन्नुभएको थियो, तर हामीहरुले सकेसम्म एमाले मै बस्नुपर्छ, यतै मिहेनत गरौँ भनेर रोक्यौँ ।’ उनका अनुसार अहिले पार्टीबाट कारवाहीमा परेपनि सर्वाेच्चको फैसला कुर्ने कि भन्ने तयारी नेपाल पक्षमा छ ।

उनले थपे, – ‘हामी पार्टी गठनको प्रक्रिया भित्रभित्रै अघि बढाएका छौँ, तर सर्वाेच्चले संसद पुनःस्थापना गर्ने नगर्ने भन्ने फैसला गर्याे भने एउटा अन्यौल सकिन्छ, हामी पनि नयाँ पार्टी गठन गर्छाैँ ।’ हाल दर्ता हुन लागेका दुई पार्टीलाई मिलाएर त्यसैमा मिसिएर जाने या नयाँ नै खोल्नेबारे अझै कुरा फाइनल नभएको स्रोतको भनाई छ । विद्यमान कानूनी अड्चनका कारण नेता नेपाललाई एमाले फुटाउन सहज भएन ।

जसको कारण विष्णु रिजाल लगायतका नेताहरुले उनको साथ चाँडै नै छोडे । अझै पनि नेपालले ढिलाई गरे योगेश भट्टराई, गोकर्ण विष्ट जस्ता प्रभावशाली नेताहरुले साथ दिन नसक्ने कुरा पनि नेपाललाई थाहा छ ।

त्यसको उनलाई तत्काल पार्टी गठन गर्ने या सर्वाेच्चको फैसला कुर्ने भन्ने विषयमा समस्या भइरहेको छ । एमाले पार्टी र सूर्य चिन्हको कारण उनलाई केही नेताहरुले अझै पनि साथ छोड्न सक्ने बताइएको छ ।

चुनावमा मिलेर जाने, पछि माओवादीसँग एकता –अहिले वर्तमान सरकारविरुद्ध ५ दलीय मोर्चाबन्दी भएको छ । नेता नेपाल यही मोर्चालाई आगामी चुनावसम्म निरन्तरता दिनुपर्ने अडानमा छन् ।

नेपालनिकट स्रोत भन्छ, – अहिलेको मुख्य एजेन्डा भनेको असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओली र उनको टिमलाई जसरी पनि सत्ताच्यूत गर्ने र चुनावमा पनि धुलो चटाउने, त्यसको लागि अहिलेकै गठबन्धनलाई कायम गरेर जाने हो भने चुनावमा ओलीको १० सिट पनि आउँदैन । स्रोतका अनुसार यही गठबन्धनको निरन्तरताको निम्ती माओवादी तयार रहेको छ, तर काँग्रेस भने निर्णय दिन सकेको छैन ।

किनकी काँग्रेसलाई एक्लै चुनाव लड्दा आउने चुनावमा पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न सक्दैन । ‘सकेसम्म चुनावमा मिलेर जाने बरु ५० प्रतिशत सिट काँग्रेसलाई नै दिने, बाँकी हामीले लिने हाम्रो योजना छ, काँग्रेस सहमत नभए माओवादीसँग मिलेर चुनावमा जान्छौँ, र ओलीलाई धूलो चटाउँछौँ’ ।’

स्रोतले भन्यो । नेताहरुले तत्काल नयाँ पार्टी गठन गर्ने र भविष्यमा चुनावी चालमेलसँगै माओवादीसँग एकता गर्ने यो पक्षको योजना छ । तर नेताहरुले नयाँ पार्टी गठन पनि गर्ने र एमालेको महाधिवेशनपछि आउने नेतृत्वसँग मिलेर फेरी एमालेमै मिसीनुपर्ने पनि कतिपय नेताको मत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App