बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

एक करोड २० लाखमा चारवटा बिजुली बस किन्दै साझा, ललितपुरका भित्री सडकमा चलाइने

बस अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री हुनेछन्। वातावरण संरक्षणमा पनि बिजुली बसले उल्लेख्य भूमिका खेल्छ। स्थानीय सरकारसँग मिलेर यी बसमार्फत ललितपुरमा पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गरिने तुलाधरले बताए।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। साझा यातायातले ललितपुर जिल्लाका भित्री सडकमा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि चार वटा बिजुली बस खरिद प्रक्रिया अगाडि बढिसकेको साझाका सञ्चालक तथा निर्देशक भूषण तुलाधरले जानकारी दिए।

१२ सिट क्षमताका ती बस भारतबाट खरिद गर्न लागिएको हो। बस खरिदको जिम्मा इको–भिजन कम्पनीले पाएको छ। हाल ती बिजुली बस बनिरहेका छन्। तीन महिना भित्रमा बस बनिसक्ने र सुरूमा परीक्षणका लागि ल्याइने तुलाधरले जानकारी दिए।

- Advertisement -Poco C3

उनका अनुसार एउटा बसको मूल्य करिब २३ लाख पर्नेछ। सोही मूल्यमा तीन वर्षसम्म मर्मतसम्भार पनि हुनेछ। पाँच महिनाभित्रमा बस गुडाउन सुरू गर्ने साझाको योजना छ।

बस अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री हुनेछन्। वातावरण संरक्षणमा पनि बिजुली बसले उल्लेख्य भूमिका खेल्छ। स्थानीय सरकारसँग मिलेर यी बसमार्फत ललितपुरमा पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गरिने तुलाधरले बताए।

‘यसका मुख्य दुई उद्देश्य हुन्। एउटा वातावरण संरक्षण र अर्को पर्यटन प्रवर्द्धन। जसले पाटन तथा ललितपुरका पर्यटकीय क्षेत्र घुम्न पैसा तिरिसकेकाले यो बस निःशुल्क प्रयोग गर्न पाउँछन्,’ उनले भने।

यसबाट ललितपुरका भित्री सडकको संस्कृति तथा जनजीवन र पर्यटकीय स्थलको अवलोकन गर्न निकै सहज पुग्ने विश्वास साझाको छ। जेष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिका लागि पनि बसले निःशुल्क सेवा दिनेछ। स्थानीय तथा अन्य व्यक्तिले भने शःशुल्क प्रयोग गर्न सक्ने तुलाधरले बताए। कुन-कुन रूटमा चलाउने भनेर छलफल भइनसके पनि एउटा बस पुल्चोकबाट मंगलबजार, मंगलबजारबाट पाटनढोका र त्यहाँबाट फेरि मंगलबजार घुमिरहने साझाले बताएको छ।

यो सेवाबाट भित्री सहरबाट चक्रपथ वा मुख्य सडकसम्म पुग्न पनि सहज हुने विश्वास लिइएको छ। ‘अहिले जो पाटनमा आउँछ उनीहरू पाटन दरबार हेरेर मात्रै फर्कन्छन्। बस पनि दरबारसम्म पुग्दैन। पुल्चोकदेखि नै हिँड्दै जानुपर्ने बाध्यता छ। पाटनमा अन्य धेरै ठाउँहरू पनि हेर्न लायक छन्। त्यहाँ पुगेपछि सबैतिर जान सहज होस् भन्ने उद्देश्य पनि हो,’ उनले भने।

पाटनबाट भित्र ‘हेरिटेज वाक’ का लागि आउनेका लागि पनि यी बस सहज हुने तुलाधरले बताए। चार्जिङ स्टेसन भने पुल्चोकमै रहने साझाको भनाइ छ।

साझाले ल्याउन लागेका अन्य ४० बिजुली बसको पनि एलसी खोलिसकिएको छ। जसमध्ये पहिलो चरणमा तीन वटा ल्याइनेछ। चिनियाँ कम्पनी सिएचपिसीले ती बस ल्याउनेछ। तीन वटा बस ल्याएर यहाँको सडकमा गुड्न ठीक छन्/छैनन् परीक्षण गरिनेछ। ठीक भए अन्य ३७ बस ल्याइनेछ। ती बस किनेको पाँच वर्षसम्म कम्पनीले नै मर्मतसम्भार गर्नेछ।

सम्झौताअनुसार साझाले ४० बिजुली बस र २० वटा चार्जरका लागि ४५ करोड ११ लाख नेपाली रूपैयाँ बढी र तालिम, पाँच वर्षको मर्मतसम्भारसहित स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रूपैयाँ सिएचपिसी कम्पनीलाई दिनुपर्नेछ।

२६ सिट क्षमताका बस अपांगमैत्री हुनेछन्। यी बस एकपटक पूरा चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु राखेर २०० किलोमिटर गुड्न सक्ने उल्लेख गरिएको छ।

बिजुली बसले वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुर्‍याउने तुलाधर बताउँछन्। जसकारण पनि साझाले आउँदा दिनमा विद्युतीय बसको प्रयोग बढाउँदै लैजाने उनको जोड छ। संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा काठमाडौंसँगै देशका अन्य स्थानमा समेत बिजुली बस विस्तार गरिने साझाको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

धुर्मुस-सुन्तली फाउण्डेशन भन्छः रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

एसईई खारेज गर्ने निर्देशन गलत

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App