सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

कांग्रेसभित्र जसको राजनीतिक दोकान बन्द भयो

सुशील कोइरालाको निधनपछि पार्टीको कार्यवाहक सभापतिसम्म बनेका पौडेल अहिले पार्टी सभापतिले लाएअह्राएको काम गर्ने नेताको भूमिकामा सीमित बनेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। १४औं महाधिवेशनपछि कांग्रेसको शक्ति केन्द्र फेरबदल भएको छ । लामो समय पार्टीको विपक्षी शक्ति केन्द्रमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइरालाहरू किनारामा धकेलिएका छन् ।

१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्री बनेका शशांक कोइराला एक कार्यकालपछि नै पार्टीमा प्रभावहीन बनेका छन् । उनी अहिले केन्द्रीय सदस्य त बनेका छन् तर, पार्टीमा उनको कुनै पकड छैन ।

- Advertisement -Poco C3

सुशील कोइरालाको निधनपछि पार्टीको कार्यवाहक सभापतिसम्म बनेका पौडेल अहिले पार्टी सभापतिले लाएअह्राएको काम गर्ने नेताको भूमिकामा सीमित बनेका छन् ।

सुशील कोइरालाले महामन्त्रीसम्म बनाएका प्रकाशमान सिंह पार्टीमा गणेशमान सिंहको लिगेसी बेचिरहेका थिए । महाधिवेशनअघि संस्थापनइतर समूहमा रहेर सभापति देउवा र उनको टीमको निरन्तर उछितो काढेका सिंह महाधिवेशनमा संस्थापन समूहसँगै सहकार्यमा लागे ।

प्रधानमन्त्री देउवाले उपयुक्त समयमा उपप्रधानमन्त्री बनाउने आश्वासन दिएको र शक्तिमा रहिरहने लोभमा उनी संस्थापन समूहलाई सघाउन पुगेको कांग्रेसकै नेताहरू बताउँछन् ।

गिरिजाप्रसाद कोइरालाको छोरीको रूपमा कांग्रेसमा हैकम कायम गरेकी सुजाता १४ औं महाधिवेशनमा प्रकाशनमानको खेमाबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । सधैँ शक्तिकेन्द्र नजिक रहेकी कोइराला पनि महाधिवेशनपछि पार्टीमा किनारकृत भएकी छन् ।

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए । यी चारै नेता १४औं महाधिवेशनअघि संस्थापनइतर खेमामा गोलबन्द थिए । महाधिवेशनमा उनीहरूको भूमिकाका कारण अहिले पार्टीमा क्रमशः एक्लिँदै गएको कांग्रेसकै नेताहरू बताउँछन् ।

महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका एक नेता भन्छन्, ‘उनीहरू कहिल्यै सत्ताभन्दा बाहिर बस्न सक्ने व्यक्ति होइनन् । रामचन्द्र पौडेल त जीवनभर सत्ताकै लागि मात्रै बाँचेको जस्तो देखियो । सुजाता पनि लामो समय सत्तामै रहेकी व्यक्ति हुन् । अब पनि सत्ता शेरबहादुरसँगै हुन्छ भन्ने भएपछि अरू सबै कुरा बिर्सिएर सत्तासँग टाँसिन गएका हुन् ।’

प्रदेशमा मन्त्री पाएको र केन्द्रमा पनि उनीहरूलाई विशेष सम्बोधन हुने आश्वासन पाएपछि रामचन्द्र र प्रकाशमान संस्थापनतिर लागेको ती नेताले बताए । ‘पन्ध्रौँ महाधिवेशनपछि त उनीहरू केन्द्रीय कमिटीमै रहनुहुन्न । अहिले अवसर पाउने भएपछि किन सुविधा नलिने भन्ने लागेको पनि हुन सक्छ,’ ती नेताले भने ।

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए ।

शेखर कोइरालाबाहेक सबै सभापतिका उम्मेदवारले दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए । त्यसक्रममा कतिपयले शक्ति र सुविधाको ‘बार्गेनिङ’ गरेको आरोपसमेत लागेको थियो । प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने चर्चा हुन थालेपछि आफूले त्यस्तो ‘बार्गेनिङ’ नगरेको भनेर उनले प्रस्टीकरण नै दिनुपरेको थियो ।

कांग्रेसमा संस्थापनइतरको खेमा बनेको कोइराला समूहले बैठक नै बसेर महाधिवेशनमा रामचन्द्र पौडेल र शशांक कोइरालाले असहयोग गरेको निष्कर्ष निकालेको छ ।

१५ औं महाधिवेशनसम्म संस्थापनइतर खेमाको शसक्त नेतृत्व गर्ने र पुनः पार्टी सभापतिको उम्मेदवार बन्ने रणनीतिमा शेखर कोइराला छन् । उनले केही दिनअघि बसेरा बुटिक होटलमा आफू पक्षका उम्मेदवारहरूको भेला गरेर यो सन्देश दिइसकेका छन् ।

उक्त भेलाबाटै उनीहरूको खेमाबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएको सन्देश उनले दिइसकेका छन् । प्रकाशमान सिंह र सुजाता कोइरालाले महाधिवेशनमा संस्थापन समूहलाई नै सघाएका कारण उनीहरू त्यसैबेलादेखि शेखर खेमाबाट बाहिरिएका थिए ।

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन् ।’
‘अबको पाँच वर्ष पार्टीमा सभापतिका रूपमा देउवा र निकटकतम प्रतिद्वन्द्वीको रूपमा शेखर नै पावर सेन्टर हुन्,’ पदाधिकारी तहमा उम्मेदवार बनेका एक नेताले भने, ‘पार्टीको शक्ति यी दुईले उपयोग गर्ने हुन् । रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता सभापतिका सामान्य सहयोगी मात्रै हुन् ।’

आगामी स्थानीय तहको चुनाव र संसदीय चुनावमा ती चार नेताको भूमिका खुम्चिएको स्पष्ट देखिने उनले बताए ।

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन्,’ कांग्रेसका एक नेताको विश्लेषण छ ।उनीहरूको पछाडि कुनै शक्ति नै नभएकाले पार्टीमा एक्लो नेताको भूमिका मात्रै भएको नेता कार्यकर्ताको विश्लेषण छ ।

तर, रामचन्द्रदेखि प्रकाशमानसम्म कांग्रेसको ‘पावर सेन्टर’ परिवर्तन भएको कुरा मान्न तयार छैनन् । आफूहरू अघि लाग्दा शेखरको पावर सेन्टर बाँकी नरहने विश्लेषण उनीहरूको छ । तर, शेखर समूह भने यो मान्न तयार छैन ।

शेखर समूहका एक नेताले भने, ‘ती चार जना नेताहरू त रेलबाट छुटिसके । अब रेलमा नयाँ व्यक्ति चढ्छ । उनीहरू पार्टीभित्र र बाहिर दुवैतिर अलोकप्रिय भइसके । १५ औं महाधिवेशनपछि रिटायर्ड हुने हो ।’

उनीहरूले संस्थापन क्याम्प छाडेर शेखर समूहमा फर्किए भने सहकार्य हुन्छ कि हुँदैनन् भन्ने प्रश्नमा एक नेताले अब पछाडि फर्कन नसक्ने जवाफ दिए ।

उनले भने, ‘महाविधेशनमा युवाहरूलाई समेट्ने प्रयास गर्‍यौं । विश्वप्रकाश, चित्रलेखा र प्रदीप पौडेललाई समेट्न सकेको भए त सभापतिको निर्वाचन दोस्रो राउण्डमा नै नपुग्ने रहेछ । तर, उनीहरूले अल्झाएर नै अल्झिएको हो । प्रयास त गरेको हो नि । तर, पछि प्रदीप अर्कोतिर गए ।’

आगामी दिनमा संस्थापनइतरमा सहकार्य हुन नसक्ने कुरालाई प्रस्ट्याउँदै ती नेताले भने, ‘पब्लिक इमेज राम्रो छैन । उनीहरू मिलेर मुलुकको यो हालत बनाए । अब पछाडि फर्कने अवस्था नै छैन । अगाडि बढ्ने हो । उनीहरू धेरै पछि छुटिसके । रामचन्द्र, प्रकाशमानको दोकान त बन्द भएको छ । अब बजारमा व्यापारीले दुई वटा किन्दा एउटा लैजाउ भन्नेजस्तो अवस्थामा उनीहरू छन् ।’

प्रदेश सभाका सभापतिको उम्मेदवार बनेका एक नेताले कांग्रेसमा रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता नेताको रूपमा मात्रै रहने तर, पार्टी चलाउने कुरामा भूमिकाविहीन भएको बताए ।

‘पार्टी चलाउने कुरामा सभापतिले निकटतम प्रतिद्वन्द्वीसँग परामर्श गर्नुपर्छ । उनीहरू त वैधानिकरूपमा संस्थापन पक्षका भइसके । बार्गेनिङ गर्ने ठाउँमा हुनुहुन्न,’ ती नेताले भने, ‘महाधिवेशनको क्रममा अस्पष्ट भूमिका हुनु नै संस्थापनलाई सघाउनु भयो भन्ने हाम्रो निष्कर्ष छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Viber Community
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App