बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

सभामुख सापकोटाका लागि खतराको घण्टी बज्यो, एमालेबाट लास्ट चान्स पाए !

लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सभामुख अग्नि सापकोटाका लागि खतराको घण्टी बजेको छ । सापकोटाले उनलाई अन्तिम अवसर दिएको हो । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए ।

९आज शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको बताए ।

- Advertisement -Poco C3

‘सभामुख स्वयं एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो,’ ज्ञवालीले भने,‘सभामुखले गल्ती सच्याउनुप¥यो कि बाटो छाड्नुप¥यो ।’ सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, ‘उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरीता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टास्नुभो ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।’ ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने बताए ।

संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखे । उनले भने, ‘कि त उहाँले आफ्नो गल्ती सच्याउनुपर्छ, कि त उहाँले बाटो छाड्नुपर्छ ।’ प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने बताए ।

ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए ।

सर्वोच्च अदालतको परमादेशले सरकार बनेको भन्दै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको जिकिर गरे । उनले भने, ‘असार २८ गतेको अदालतको परमादेशले बनेको सरकारको मुल्य अहिले सिंगो मुलुकले चुकाउन परेको अहिलेको अवस्था रहेको छ । सरकार कतिसम्म निकम्मा देखियो भने १ करोड भन्दा बढी खोप स्टोरमा छ, सरकार खोप लगाउन सक्दैन् ।’

लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन हुनुभन्दा अगाडी ‘कम्र्फटेबल सरकार’ बनाउने बताएको स्मरण गराउँदै ज्ञवालीले भने,‘नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।’

जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैह्रजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । सरकारले देशको सिमाको बारेमा बोल्न नसकेको भन्दै आपत्ती जनाए । सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए ।

पुरानो र जिम्मेवार पार्टी नै नेतृत्वमा हुँदा देशकै अर्थतन्त्रका सारा सुचकहरु अस्तब्यस्त हुने र नेपालमा पहिलोचोटी बजेट होलिडे भएको उल्लेख गरे । १० दिनसम्म बजेट नै नभईकन देश चल्न पर्ने अवस्था सृजना भएको उनको भनाई थियो । उनले भने, ‘यो लज्जास्पद कुरा हो ।’

देशकै अर्थतन्त्रका सारा सुचकहरु अस्तब्यस्त भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब निन्द्राबाट व्युझन पनि आग्रह गरे । ‘प्रधानमन्त्री ज्यु अब निन्द्राबाट ब्युझनुहोस् ।’ देशको बाहिरी सम्बन्ध बिग्रिरहेको बताए । मुलुक गलत बाटोमा गइरहेको भन्दै प्रधानमन्त्री देउवालाई मुलुकको राष्ट्रियताको सवालमा मौनता तोड्न आग्रह गरे ।

नेता ज्ञवालीले प्रतिपक्षी दलको भुुमिका निर्वाह गर्दै एमालेले जयसिंह धामी, बाढीपहिरो, अफगानिस्तानको विषय उठाएर संसद चलायमान बनाएको बताए । अहिले पनि संसद चलोस भन्ने धारणा एमालेले राखेको सुनाए ।

प्रमुख प्रतिपक्षी दलको कुुरा सुन्न पर्ने सरकारले ६ महिना पछि मात्र प्रधानमन्त्री देउवाले एमालेलाई सम्झेर ओलीलाई भेटेको बताए । समयमै स्थानिय तहको चुनाव हुनुपर्नेमा जोड दिए । असोजमा एमालेले विधान महाधिवेशन गरेर आगामी ५ वर्षको लागि नेतृत्व चयन गरेको बताए । ६० भन्दा धेरै जिल्ला अधिवेशनको मत परिणाम आइसकेको उनले उल्लेख गरे ।

आगामी तीनै तहको निर्वाचनमा बहुमत पाप्त पार्टी बनाउने लक्ष्यका साथ एमाले अगाडी बढेको बताए । उनले एमाले नेतृत्वको सरकारले सुरु गरेका तर अगाडि नबढाइएका कामलाई बढाउन निरन्तर दबाब दिने स्पष्ट पारे ।

ज्ञवालीले देशविरुद्ध गरिएको कुनै पनि गतिविधिको खबरदारी सरकारलाई गर्ने, ललिता निवासको आफ्नै पालोमा भएको छानबिनलाई निरन्तरता दिई कारवाही अगाडि बढाउन दबाब दिने पनि एमालेको आगामी लक्ष्य रहेको सुनाए ।

ललिता निवासमा कारबाहीको अन्तिम बिन्दुमा पुग्न लाग्दा सरकारी वकिलको कारण भ्रष्टाचारीहरुलाई राहत मिलेको बताए । सरकारी वकिललाई भ्रष्टाचारको लाइसेन्स नदिएको भन्दै कडा आपत्ती जनाए । उनले कुनैपनि हालतमा आफूहरुले २ वर्षको प्रयासबाट भएको अनुसन्धानलाई दबाएर भ्रष्टाचारीलाई उम्कन दिने प्रपञ्चलाई सफल हुन नदिने उनले स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App