सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाकिस्तानले भारतलगायत अन्य छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो अँगाल्ने भएको छ । पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत विदेश नीतिमा भारतलगायतका छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो लिने उल्लेख गरेको हो ।

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

- Advertisement -Poco C3

करिब १ सय पेजको राष्ट्रिय सुरक्षा नीतिले लामो समयदेखिको विवादित भूभाग कश्मीरका बारेमा पनि दीर्घकालीन समाधानको बाटो खोज्ने बताइएको छ । मंगलबार पाकिस्तानी अधिकारीहररूले नयाँ सुरक्षा नीतिका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।

मुलुकको राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्बाट अनुमोदित उक्त नीति शुक्रबार प्रधानमन्त्री इमरान खानले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पाकिस्तानले पहिलो पटक राष्ट्रिय सुरक्षसम्बन्धी दृष्टिकोण र निर्देशनसमेत समेटेर ५ वर्षीय नीति सार्वजनिक गर्न थालेको हो ।

पाकिस्तानी सञ्चारमाध्यम द एक्सप्रेस ट्रिब्युन अधिकारीलाई उद्धृत गर्दै लेख्छ, ‘हामी आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ । नयाँ नीतिले भारत र अन्य छिमेकीसँग शान्तिपूर्ण सम्बन्धको बाटो खोज्छ ।’

त्यस्तै भारतसँग वार्ता भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध पनि सामान्य रूपमा सञ्चालन हुने आशा गरिएको छ । तर ‘नरेन्द्र मोदी नेतृत्वको सरकारकै पालामा भने भारतसँग मेलमिलाप सम्भव नरहेको’ सुरक्षा नीतिमा उल्लेख गरिएको बताइएको छ ।

सन् २०१६ मा पठानकोट एयर बेसमा आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध अझ तिक्ततापूर्ण बन्दै गएको थियो । त्यसपछि उरीमा भारतीय सैनिक क्याम्पमा भएको आक्रमणपछि पनि दुई मुुलुकको सम्बन्ध बिग्रिएको थियो । पुलवामा आक्रमणपछि भारतले सन् २०१९ फेब्रुअरी २६ मा पाकिस्तानी भूमिमा आक्रमण गरेपछि सम्बन्ध झन्झन् बिग्रिएको छ ।

त्यस्तै भारत सरकारले जम्मू–कश्मीरलाई प्राप्त विशेष दर्जाको मान्यता खोसेपछि पाकिस्तान झन् रुष्ट बनेको थियो । गत फेब्रुअरीमा युद्धविराम गरिएको भनिए पनि सीमामा दुवै तर्फबाट बेला–बेला गोलीबारी हुने गरेको छ ।

पाकिस्तानले राष्ट्रिय सुरक्षा नीतिमा ‘आर्थिक सुरक्षा’ लाई विशेष प्राथमिकता दिएको छ । ‘नयाँ राष्ट्रिय सुरक्षा नीतिमा आर्थिक सुरक्षा केन्द्रविन्दुमा रहनेछ,’ पाकिस्तानीले अधिकारीले भनेका छन् ।

तर भू–आर्थिक रणनीतिमा संशोधन भए पनि भूरणनीति र भूराजनीतिक चासो भने परिवर्तन नहुने बताइएको छ । कश्मीर विवादलाई मुख्य राष्ट्रिय नीतिका रूपमा समेत हेरिएको पाकिस्तानी अधिकारीको भनाइ छ । त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको एउटा भागमात्रै सार्वजनिक गरिने पनि पाकिस्तानी अधिकारीले पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए ।

पाकिस्तानको रक्षा, विदेश र अन्तर्राष्ट्रिय नीति भए पनि नयाँ नीति ‘अम्ब्रेला डक्युमेन्ट’ का रूपमा रहने उनको भनाइ थियो । राजनीतिक स्थायित्वलाई जोड दिएको उक्त नीति हरेक वर्ष र सरकार परिवर्तनसँगै पुनरावलोकन गरिने पनि बताइएको छ ।

चरमपन्थी तथा असन्तुष्ट समूहसँग पनि संवाद गरी शान्तिपूर्ण समाधानलाई पनि नयाँ नीतिमा जोड दिएको छ । समाजको प्रगति र समृद्धिका लागि ‘बौद्धिक अभिव्यक्ति’ महत्त्वपूर्ण रहेको पनि नयाँ नीतिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक रूपमा जनसंख्या–आप्रवासन, स्वास्थ्य, जलवायु परिवर्तन, खाद्य सुरक्षा र लैंगिक विभेद पनि नयाँ नीतिको पहिचानमा परेका मुद्दा हुन् । यो समाचार विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

जिल्ला अदालतबाट कपिलवस्तुको प्रहरी सम्मानित

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे ।

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि जनस्वस्थ्यका नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए ।

गण्डकी सरकार मेडिकल कलेज चलाउने तयारीमा, सकियो अध्ययन

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App