बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

पूर्वमाओवादी नेताहरू एमाले जिल्ला अधिवेशनमा निरिह

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन् । कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरु ‘क्लीन स्वीप’ भए । सहमतिका आधारमा कमिटी चयन भएका यहाँका अन्य जिल्लामा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून देखिएको छ ।

निर्वाचनमा आफूले समर्थन गरेका नेताहरु पदाधिकारीमा पराजित भएपछि एमाले सचिव एवम् प्रदेश इन्चार्ज लेखराज भट्टलाई गृहक्षेत्रमा ‘धक्का लागेको’ एमाले वृत्तमा चर्चा छ । आफ्नो जिल्लामा समेत आफूसँगै आएका र आफैले समर्थन गरेका उम्मेदवारहरु पराजित भएपछि भट्ट पार्टी कमिटीमा कमजोर देखिएका छन् । उनी माओवादी त्यागेर एमालेमा गएका शीर्ष नेता हुन् ।

- Advertisement -Poco C3

एमाले बनेका पूर्वमाओवादी नेताहरु भट्टकै समर्थनमा विभिन्न जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका थिए । केही ठाउँमा प्यानलकै नेतृत्व निर्वाचित हुँदा पदाधिकारीमा भने माओवादीबाट गएका एमाले नेताहरु पराजित भएका छन् । एमाले कञ्चनपुरको अध्यक्षमा पूर्वमाओवादी नेता बीरबहादुर थापा ‘पातल’लाई हराउँदै सुरेन्द्र बिष्ट प्यानलसहित विजयी भएका छन् । बिष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत पाए । थापा नेकपा हुँदा र एमालेमा गएपछि पनि जिल्ला अध्यक्ष थिए । भट्टसँगै उनी एमालेमा गएका हुन् ।

सचिव एव‌ं प्रदेश इन्चार्ज भट्टले थापालाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । थापाको प्यानललाई एमाले बनेका पूर्वमाओवादी नेताहरुसँगै ओली पक्षकै केही नेताहरु र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरुको समर्थन थियो । अध्यक्षमा निर्वाचित बिष्ट अध्यक्ष केपी ओली निकट हुन् ।भट्टको गृहजिल्ला कैलालीमा पनि एमाले बनेका पूर्वमाओवादी नेताहरु पदाधिकारीमा पराजित भएका छन् । आफ्नो प्यानलबाट अध्यक्ष र उपाध्यक्षले चुनाव जित्दा सचिवका उम्मेदवार दानबहादुर बिक र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा भने पराजित भए । उनीहरु दुवै जना माओवादी त्यागेर एमाले बनेका हुन् ।

अध्यक्षमा निर्वाचित रतनबहादुर थापाको प्यानललाई प्रदेश इन्चार्ज भट्टसँगै सहइन्चार्ज कर्ण थापाको समर्थन थियो । यही प्यानबाट पदाधिकारीका उम्मेदार बिक र डगौरा पराजित हुँदा भट्टका स्वकीय सचिव हितेश ओझासहित केही पूर्वमाओवादी नेताहरु भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । अछाममा पनि पूर्वमाओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नु परेको छ । जिल्ला अध्यक्षमा चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका आदर्श साउँद फराकिलो मतान्तरले पराजित भए ।

साउँद प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराका स्वकीय सचिव थिए । प्रदेश इन्चार्ज भट्ट निकट बोहरा नेकपा विवाद हुँदा मन्त्री पदबाट राजिनामा दिएर ओली पक्षमा लागेका थिए । उनी अहिले अछामको जिल्ला इन्चार्ज छन् ।अछाममा अध्यक्ष ओली र भीम रावल निकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरुले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावल निकट प्यानलका उम्मेदवार विजयी भए ।

सहमति भएका जिल्लामा पनि प्रतिनिधित्व न्यून
एमाले अधिवेशन सम्पन्न भएका सुदूरपश्चिमका आठमध्ये चार जिल्लामा निर्वाचन भएको थियो । निर्वाचनमार्फत कमिटी गठन भएको दार्चुलामा भने माओवादीबाट गएकी एमाले नेतृ चन्द्रा कुँवर उपसचिवमा विजयी भएकी छन् । सहमतिका आधारमा नेतृत्व चयन भएका जिल्लामा पनि पदाधिकारीमा पूर्वमाओवादीको प्रतिनिधित्व निकै कमजोर देखिएको छ ।डोटीमा सहमतिमा जिल्ला कमिटी गठन हुँदा माओवादीबाट गएका नेताहरु पदाधिकारीमा समेटिएनन् । बाजुरामा माओवादीबाट आएका भरत बुढा, बैतडीमा रमिल बम र डडेल्धुरामा धनबहादुर धामीलाई एमालेले उपाध्यक्ष बनाएको छ । बझाङमा भने अधिवेशन भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App