सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संविधानको धारा २२५ ले गाउँ सभा र नगर सभाको कार्यकाल पाँच वर्षको हुने र त्यस्तो कार्यकाल सकिएको मितिले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

- Advertisement -Poco C3

२०५४ को निर्वाचनपछि ५९ सालदेखि झण्डै १५ वर्षसम्म स्थानीय तहजनप्रतिनिधिविहिन बने । २०७४ मा भएको स्थानीय तहको चुनावपछि भने पाँच वर्षसम्म स्थानीय सरकारको अभ्यास भएको छ ।

यसरी पाँच बर्ष विताएका जनप्रतिनिधिहरुको पदाधिवधि अबको ६ महिनापछि सकिदैँछ । र संविधानले पदावधि सकिनुभन्दा दुई महिना अघि नै चुनाव हुनुपर्ने भनेको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा चुनाव गर्नुपर्ने प्रस्ताव पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको थियो । तर सरकारबाट कुनै अग्रसरता नभएपछि स्थानीय तहको निर्वाचन अन्योलतामा रहने र पुनः जनप्रतिनिधिविहिन बन्ने अवस्था निम्तिने खतरा देखिएको छ ।

सत्तारूढ दल, प्रतिपक्षी दल, निर्वाचन आयोग र सरकार सबैको इच्छाशक्ति भए मात्रै चुनाव सम्भव छ । कुनैपनि कारणचुनाव धकेलिए लोकतन्त्र नै धर्मराउने विज्ञहरु बताउँछन् । तर राजनीतिक दलहरुले आ(आफ्नै अनुकुलतालाई हेरेर चुनावबारे चासो देखाएका छैनन् ।

सत्तागठबन्धनमा आवद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रले आफु बलियो भएरमात्रै चुनावमा जान खोजिरहेका छन् । विभाजनको मार खेपेका नेकपा एकीकृत समाजवादी र जसपाले पार्टी संगठन विस्तारमै ध्यान दिएर तत्कालको चुनाव आफ्नो हितमा नभएको पूर्वानुमान गरेको छ ।

फलतः सीघ्र चुनाव खोजिरहेको एमालेले दबाब दिएपनि सत्ताधारीको मौनता फेरि देश कर्मचारीको हातमा जाने अवस्थाको आँकलन गरिएको छ ।

संविधान र स्थानीय निर्वाचन ऐन बाँझिदा बैशाखमै चुनाव गर्न कानुनी जटिलता पनि सँगसँगै छ । पदावधि सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानको व्यवस्था र पदावधि सकिनु भन्दा २ महिना अगावै चुनाव गर्न सकिने ऐनको व्यवस्था बाँझिएको छ ।

जसको गाँठो दलहरुले फुकाउन नसके थप समस्या निम्तिने छ ।संविधान अनुसार स्थानीय तहको चुनाव अगामी कार्तिकसम्म गर्न सकिन्छ । ऐनको व्यवस्था अनुसार वैशाखभित्रै चुनाव गर्नुपर्छ ।

तर जेठ ५ पछि स्थानीय तहलाई एकदिन पनि जनप्रतिनिधि विहिन छुट नभएको भन्दै प्रतिपक्षले देशलाई फेरि कर्मचारीको हातमा लगाउन सरकार अघि बढेको भन्दै खरो आलोचना गरिरहेको छ ।

७५३ वटा स्थानीयतह मध्ये सबैभन्दा ठुलो संख्या एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको छ । बहालवाला अवस्थामै निर्वाचनमा गए एमालेलाई फाइदा पुग्न सक्ने आँकलन गठबन्धनले गरेको छ ।

यसैकारण स्थानीय तहलाई केही समय जनप्रतिनिधिविहिन बनाउने र त्यसको पाँच÷सात महिनापछि निर्वाचनमा जाने गठबन्धनमा आवद्ध दलहरुको मनसाय देखिन्छ ।

किनकि जनप्रतिनिधिहरुको पदावधि थप्न पाउने व्यवस्थासमेत संविधानले गरेको छैन । फलतः देश पुनः कर्मचारी संयन्त्रकै हातमा जाने वातावरण बन्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App