बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

एमाले सांसद: हामीलाई संसद भत्ता चाहिन्छ तर कुनै हालतमा संसद चलन दिदैनौ

संसद्को दसौं अधिवेशनको पहिलो दिन । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले विरोध जनाए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संसद्को दसौं अधिवेशनको पहिलो दिन । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले विरोध जनाए । सांसदलाई स्वागत गर्ने सापकोटाको वाक्य पूरा हुन नपाउँदै एमाले सांसदहरू वेलतिर अघि बढेका थिए ।

उनीहरूले सभामुखतिर औंला ठड्याउँदै ‘गैरसांसदलाई प्रवेश निषेध गर,’ ‘संवैधानिक सर्वोच्चता कायम गर,’ ‘अन्यायपूर्ण व्यवहार बन्द गर’ जस्ता नारा लगाए । विरोधबीच सरकारले ६ वटा अध्यादेश संसद्मा पेस गर्दै २५ मिनेट ४० सेकेन्डमा बैठक अन्त्य भयो ।

- Advertisement -Poco C3

पुस ६ मा दोस्रो बैठक बस्यो, तर २६ मिनेट ४६ सेकेन्ड मात्रै चल्यो । नाराबाजीबीच यौ न हिं साविरु द्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश (संसद्मा छलफल गर्न) स्वीकार गर्‍यो ।

पुस ७ मा बसेको तेस्रो बैठक पनि ४७ मिनेट १२ सेकेन्ड चल्यो । एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेकै बेला सरकारले पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, रेल्वे अध्यादेशलाई संसद्ले स्वीकार गर्‍यो।

चौथो बैठक पुस १८ मा राखिएको थियो । माओवादीको बन्दसत्र नसकिएको भन्दै बैठक स्थगित गरेर पुस २२ लाई बोलाइएकामा विशेष कारणवश भन्दै पुस २८ मा सारिएको छ । यो बैठक पनि बस्ने हो वा होइन, निश्चित छैन ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलो पटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र पुनःस्थापनाका क्रमबाट गुज्रिएको छ ।

तर, सरकार र प्रतिपक्षको हठले यो एक वर्षमा एउटा वार्षिक बजेटबाहेक संसद्ले एउटा पनि कानुन बनाएको छैन, बैठक नबसी सांसदहरूको तलब, भत्ता र सुविधामा राज्यकोषको ५८ करोड ९८ लाख १२ हजार रुपैयाँ खर्च भएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

अपमान सहेर कति दिन एमालेमा बस्ने ?

चार दशक लामो नेकपा (एमाले)को राजनीतिमा बिताउनुभएकी श्रीमाया थकालीको आँखा एक्कासी रसाए । एमालेमा जीवनभरि गरेको योगदान र अध्यक्ष केपी शर्मा ओलीले गरेको अपमानले थकालीका गला अवरुद्ध भयो, आँखाबाट आँसु झ¥यो ।

थकाली परिवारमा जन्मेको, हिमालपारीको जिल्ला मुस्ताङबाट एउटा राजनीतिमा होमिएको, दुई कार्यकाल पोलिटब्यूरो सदस्य भएको, संघीय सांसद भइसकेको, जिल्ला र अञ्चल इन्चार्ज भूमिका कुशलतापूर्वक निभाउनु भएकी थकालीको एमालेले उचित मूल्यांकन गरेन ।

विगतमा माधवकुमार नेपाललाई साथ दिएकोबाहेक थकालीमाथि एमालेले अन्याय गर्नुपर्ने कुनै कारण छैन ।

आठौँ महाधिवेशनमा सँगै बैकल्पिक पोलिटब्यूरो र नवौँ महाधिवेनमा सँगै पोलिटब्यूरो सदस्य भएकी थममाया थापा स्थायी कमिटीमा छिन् । एक कार्यकालमात्रै पोलिटब्यूरो भएकी विन्दा पाण्डे पनि स्थायी कमिटीमा छिन् ।

त्यतिमात्रै होइन, पार्टीमा खासै योगदान नभएका डा. शिवमाया तुम्वाहाङ्फे र सीता पौडेल पनि स्थायी कमिटीमा छिन् ।

थकालीलाई लागेको थियो–‘स्थायी कमिटीमा चारजना महिला परे भने मेरो नाम पनि समेटिन्छ ।’ तर, उहाँले सोचेजस्तो भएन । ९९ सदस्यीय पोलिटब्यूरोमा निकै थोरै योगदान भएकाहरू समेटिँदा ओली स्वयंले थकालीको नाम काटे ।

थकालीले केन्द्रीय कमिटी बैठकमै हात उठाएर लिखित रुपमै प्रश्न गरिन्– मलाई डिमोसन किन गरियो ? तर, नेतृत्वले जवाफ दिनसमेत उचित ठानेन । ओलीले दिएको मुस्ताङ जिल्ला ईन्चार्ज थकालीले बैठकमै खारेज गरिदिनुभयो ।

त्यसपछि ओलीले थकालीलाई गण्डकी प्रदेशको सहईन्चार्जको जिम्मा दिए । अपमानपूर्वक दिइएको त्यो जिम्मेवारी पनि थकालीले स्वीकार्नुभएको छैन । गण्डकी प्रदेशको बैठकमा समेत थकाली सहभागी हुनु भएन ।

ओलीसँग मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरूको व्यवहारबाट पनि उहाँको चित्त दुखेको छ ।

१० बुँदेकै भूमरी नरेश खरेल, कृष्णभक्त पोखरेल, सुवास कर्माचार्यहरू परे । खरेल ओलीसँगै झापा आन्दोलनको क्रममा जेल परेका नेता हुन् ।

पोखरेल त्यस्ता नेता हुन्, जसले पार्टी एकताका लागि भन्दै जिल्ला अध्यक्ष ओलीनिकट पार्वती रावललाई छाडिदिए । तर, ओलीले त्यो त्याग देखेनन् । १०बुँदे पक्षधरलाई छानिछानी पन्छाउन खोजे ।

आठौँ महाधिवेशनमै थकालीले धौलागिरी अञ्चलको इन्चार्जको जिम्मेवारी कुशलतापूर्वक निभाउनुभएको थियो । अन्य १३ जना पुरुष इन्चार्ज हुँदा थकालीमात्रै एक्ली महिला इन्चार्ज हुनुभयो ।

त्यसो त थकाली एमालेको पहिलो जिल्ला सचिव पनि हुनुहुन्छ । एमालेमा सचिवले जिल्ला नेतृत्व गर्दा तत्कालीन ७५ मध्ये ७४ जिल्लाका प्रमुख पुरुष थिए, थकालीमात्र एक्ली महिला जिल्ला प्रमुख हुनुहुन्थ्यो ।

थकालीले नेतृत्वसँग जवाफ माग्नुभएको छ । तर, नेतृत्व लाचार छ । ओलीसँग मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरूको व्यवहारबाट पनि उहाँको चित्त दुखेको छ ।

१० बुँदेकै भूमरी नरेश खरेल, कृष्णभक्त पोखरेल, सुवास कर्माचार्यहरू परे । खरेल ओलीसँगै झापा आन्दोलनको क्रममा जेल परेका नेता हुन् ।

पोखरेल त्यस्ता नेता हुन्, जसले पार्टी एकताका लागि भन्दै जिल्ला अध्यक्ष ओलीनिकट पार्वती रावललाई छाडिदिए । तर, ओलीले त्यो त्याग देखेनन् ।

१०बुँदे पक्षधरलाई छानिछानी पन्छाउन खोजे । अहिले एमालेमा १०बुँदे पक्षधर ठूलो पंक्ति निष्क्रिय छ । ओली प्रवृत्तिकै कारण १० बुँदे पक्षधर नेताहरु घर त घाट भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App