सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

भारतीय सुरक्षाकर्मी देउवा सरकारले थर्काएपछि रातो निलो भएर फर्किए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चर्को दवाव दिएपछि भारतीय सुरक्षाकर्मी फिर्ता भएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चर्को दवाव दिएपछि भारतीय सुरक्षाकर्मी फिर्ता भएका छन्। नयाँदिल्लीस्थित नेपाली दूतावास परिसरमा वर्षौंदेखि खटिएका भारतीय सुरक्षाकर्मी हटेका हुन्।

परराष्ट्र मन्त्रालय र दूतावासको लगातार आग्रहपछि भारत सरकारले उनीहरूलाई हटाएको हो। विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भए पनि नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै १० जना भारतीय सुरक्षाकर्मी बस्दै आएका थिए ।

- Advertisement -Poco C3

सिक्किम प्रहरीबाट दूतावासको सुरक्षार्थ भनेर सानो ब्यारेक निर्माण गरेर उनीहरूलाई खटाइएको थियो। ६ वर्षअघि दीपकुमार उपाध्याय राजदूत भएर आएका बेला सुरक्षाकर्मी भित्रै आएर बस्न थालेका हुन्, दूतावासका एक कर्मचारीले भने।

नीलाम्बर आचार्यले आफू राजदूत भएर आएपछि सुरक्षाकर्मी हटाउन परराष्ट्रका अधिकारीलाई मौखिक रूपमा पटकपटक आग्रह गरेका थिए। उनले फर्कनु तीन महिनाअघि भारतीय विदेश मन्त्रालयलाई पत्र नै लेखेर दूतावासभित्रबाट सुरक्षाकर्मी हटाउन माग गरेका थिए।

नीलाम्बर सरले भारतीय सुरक्षाकर्मीलाई दूतावास परिसरभित्र खेल्न र दौडिन रोक लगाउनुभएको थियो। उहाँ उनीहरूलाई हटाउनुपर्ने पक्षमा अडिग हुनुहुन्थ्यो, दूतावासका एक अधिकारीले भने।

उहाँको प्रयास बल्ल सार्थक भएको छ। अहिले दूतावासको बाहिरी भागमा भारतीय सुरक्षाकर्मीको अर्को टोलीले गस्ती गर्छ। दूतावासको बाहिरी भागको सम्पूर्ण सुरक्षा त्यही देशबाट हुने गरे पनि भित्री क्षेत्रको रेखदेख र सुरक्षाको जिम्मेवारी दूतावास राख्ने मुलुककै हुने गर्छ।

दूतावासमा नेपाल प्रहरीबाट एसएसपीको एउटा दरबन्दी छ। त्यसबाहेक नेपाल प्रहरीको अन्य जनशक्ति छैन। ठूलो क्षेत्रमा फैलिएको दिल्ली दूतावासको आन्तरिक सुरक्षाका लागि नेपाल प्रहरीकै केही जवानको दरबन्दी सिर्जना गर्न जरुरी रहेको दूतावासमा काम गरेर फर्किएका एक सुरक्षा अधिकारीले बताए।

नारायणहिटीसंग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि सम्पदा भत्काइएको घटनाको अनुसन्धानका लागि पर्यटन मन्त्रालयले पठाएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी अनुसन्धान गराउने तयारी गरेको छ। सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न पर्यटनले गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

त्यससम्बन्धी पत्र आइपुगेको र कानुनी प्रक्रिया अघि बढेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मुकुन्द आचार्यले बताए। स्रोतका अनुसार हाल पत्र अपराध अनुसन्धान विभागमा पुगेको छ।

उसले काठमाडौं प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ। पुरातात्विक महत्वको संग्रहालयभित्रका ऐतिहासिक संरचना भत्काएर रेस्टुरेन्ट बनाउनु सम्पदाविरुद्धको कसुर रहेको भन्दै पर्यटन मन्त्रालयको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो।

सोहीअनुसार मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीलाई पत्राचार गरेको हो। संग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बिपिएस लिजिङ एन्ड मेनेजमेन्टका,

सञ्चालकमाथि कारबाहीको सिफारिस गरिएको छ। प्रहरीले सोही पत्रलाई जाहेरी मानेर अनुसन्धान गर्ने तयारी गरेको छ। ​यस्तो कसुरमा तीन वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको पद खुस्किने गरी कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक्सनमा उत्रिएका छन्। पद खुस्किने डरले लिपुलेकबारे केही पनि नबोलेका कांग्रेस सभापतिसमेत रहेका देउवालाई गाह्रो पर्नेगरी दुई भाइले भारतका विरुद्धमा कडा विज्ञप्ति जारी गरेका हुन् ।

दुई महामन्त्रीले भारतले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएका छन्। सडक निर्माण रोक्न माग गरेका उनीहरुले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार जारी वक्तव्यमा लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ। कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ।

संविधान संशोधनमार्फत संसदले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत भएको कांग्रेसले बताएको छ।

कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ।

आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ। सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्दछ भन्नेमा कांग्रेस प्रष्ट रहेको समेत वक्तव्यमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App