Sunday, January 17, 2021

Sunday, January 17, 2021
Nepal Online Patrika विचार हाम्रो देश नेपालको नेपाली कोहि पनि बिदेसिनु नपरोस

हाम्रो देश नेपालको नेपाली कोहि पनि बिदेसिनु नपरोस

Published:

ON:

NEPAL ONLINE PATRIKA

Share Now:

नेपाल अनलाइन पत्रिका | काठमाडौं। पहिला पहिला रेडियो नेपाल बाट हरेक शनिबार दिनभरी मनोरञ्जनात्मक कार्यक्रमहरु आउने गर्दथे।बिहानको ८ बजेको अंग्रेजी समचार पछि साहित्यकार स्व.दाहाल यज्ञनिधि “जदौ”श्रोताहरु भन्दै आउने गर्दथे।पंचायत तथा निरंकुश काललाई राम्रो संग नियालेका साथै “जदौ”लाई उजागर गरेका ती साहित्यकारको आवाज सधैं सम्झना आउने गर्दछ।

निरंकुश भन्ने बित्तिकै कोरियाको इतिहासको पानो पल्टाउन मन लाग्यो।कोरियामा सन १९४५ सम्म कुनै पार्टी,दल,या संगठन थिएनन।सन १९४८ मा जापानले छोडेर गएपछी कोरिया स्वतन्त्र भएको थियो।सन १९४७ मा कोरियाको इतिहासमा पहिलो संविधान बनेको थियो भने जनता द्वारा बिना भोट बाट रास्ट्रपति चुनिएका थिय।

सन १९७९ मा फाक चङ ही भन्ने रास्ट्रपतिको अचानक हत्या भएको थियो।त्यो बेला सम्म प्रजातन्त्र जनताको मझेरिमा झुल्केको थियन।हत्या भइ मरेका यी रास्ट्रपति देश बिकास गरेपनी तानाशाह नै थिय।यिनको हत्या पस्चात जनतामा आशाको टुसा पलाएर आयो। राज्यमा लोकतन्त्र आउने छ।हाम्रो हातले भोट हालेर रास्ट्रपति चुन्न पाइने छ।देश तानाशाह बाट मुक्त हुने छ भन्ने सोचेका थिय।

जनताले जे सोचेका थिय त्यस्को उल्टो भयो। रास्ट्रपतिको हत्या पश्चात् सैनिक जनरल छन्दु ह्वान (हत्या भएका रास्ट्रपति का मिल्ने मित्र)भन्नेले आफू रास्ट्रपति बन्ने सोच बनाएर सेनाको बलमा देशमा सैनिक शासन लगाइदिए।रास्ट्रीयसभा,अड्डा,
अदालत,सम्पुर्ण आफ्नो अधिकारमा लिए।भएको सांसद विघटन गरेर आफू संग भएका सैनिकहरुकोआडमा रास्ट्रपति बने।

तानाशाह रास्ट्रपति को बिरोधमा विद्यार्थीहरुले आन्दोलन गरे।सैनिक शासन भएकोले यो आन्दोलनले गति लिन सकेन। तर देशको दक्षिणी शहरमा यस्को प्रभाव पर्यो।आन्दोलन फेरि देशै भरी फैलिने सम्भावना देखेर त्यो रास्ट्रपतिले सिमानामा खटिने तथा एअर फोर्स सैनिकलाई आदेस दिएर कर्फ्यु जारी गराए।देशभरी संकटकाल लगाइयो।एउटा जिल्ला बाट अर्को जिल्लामा जान बन्देज लगाइयो।त्यो शहरमा अन्धाधुन्ध गोलि चल्यो।सयौं सर्वसाधरण,विद्यार्थीले ज्यान गुमाए।

आन्दोलन १९८० मे १८ बाट चलेको २७ गते सकिएको थियो।यो अन्दोलन बाट देशमा कुनै परिवर्तन आएन।त्यति ठूलो आन्दोलन भयो तर न पत्रकार,न रेकर्ड कसैलाई थाहा भएन।आन्दोलनलाई सदाको लागि कसैले थाहा नपाउने गरि दफन गराइदियो तानाशाह सरकारले।अकर्मण्य,अयोग्य शासाक कुर्सी मै रहि रह्यो।

त्यसोभए यो दर्दनाक घटना सारा संसारमा कसरी फैलियो त।

रोचक प्रसंग
—————
“निलो आंखाको चश्मदीद गवाह”
—————————————

जुर्गेन हिन्जपेटर (jurgen hinzpeter)भन्ने जर्मनी मिडियाकर्मी थिय।उनी जर्मनको ARD भन्ने टेलिभिजन का अति बिशिस्ट संवाददाता थिय।उनिले जापान बाट जर्मनीमा समचार सम्प्रेषण गर्ने काम गर्दथे।एक दिन उनिलाई दक्षिण कोरियामा आर्मी शासन र कर्फ्यु लागेको छ रे भन्ने खबर जापानमा पुगेछ।अनि उनी क्यामारा बोकेर कोरियाको खबर लिन जापान बाट कोरिया आइपुगेछन।कोरियाको सऊलमा आइपुगे अनि त्यहाँ बाट कर्फ्यु लागेको शहरमा लागेछन। त्यो शहरमा पुग्नु भन्दा अगाडि नै यिनलाई आर्मिले रोकेछन।फिर्ता जान भनेछन।तर पनि उनी अर्को भित्री बाटो त्यो शहरमा छिरेछन।त्यहां पुग्दा आन्दोलन भएको दुई दिन भइसकेको थियो।उनले लुकिलुकि त्यहांको अवस्थालाई भिडियो द्वारा आफ्नो क्यामारामा कैद गरेछन।त्यो खिचेको दर्दनाक दृश्यको भिडियोको रिल सम्पुर्ण आफ्नो कम्मरमा लुकाएर आर्मी चेकजांच बाट बचेर निस्कन सफल भएछन। जापान आएर जापान बाट त्यो घटना जर्मनिमा पठाएछन।अनि जर्मनको टेलिभिजन बाट दक्षिण कोरियाको आर्मिले जनतालाई गरेको दमन पुरै जर्मनिमा फैलियो।अमेरिका,युरोपका संवाददाता
हरुले पनि यो समचार आफ्नो देश पठाएछन।कोरियन जनताले थाहा नपाएको कुरा जर्मन बाट सारा संसारमा फैलियो।तत्कालिन कोरिया सरकारको आलोचना हुन थाल्यो।अनि एक पछि अर्को गर्दै बल्ल त्यो खबर ७ बर्ष पछि कोरिया भरी फैलियो।कोरियाका जनताको कान कानमा त्यो घटना फैलियो।कोरियाका जनतामा तत्कालिन शासक प्रती फेरि घृणाको भावना हुन थाल्यो।अब तत्कालिन तानाशाह रास्ट्रपतिलाई राजिनामा र प्रत्यक्ष जनता द्वारा भोट हाली रास्ट्रपति चुन्न पाउने माग गर्दै १९८७ को जुनमा आन्दोलन सुरु भयो।यो आन्दोलनमा १० लाख मानिसहरुले भाग लिए।जनताको अगाडि सरकारले घुंडा टेक्यो।तानाशाह रास्ट्रपतिले आत्मसमर्पण गरि राजिनामा दियो।कोरियाको तानाशाह शासन बल्ल समाप्त भएर गयो।

अब देशमा जनता द्वारा भोट हालेर रास्ट्रपति चुन्ने प्रक्रिया स्थापित भयो।हरेक ५ बर्ष मा रास्ट्रपतिय चुनाब हुने प्रक्रिया बल्ल सुरु भयो।१९८७ बाट कोरियामा लोकतन्त्र स्थापना भएको थियो।यहाँ दुई लाइन अझै जोडौं।सन १९४८ देखि सन १९८७ सम्म ९ पटक संविधान संसोधन भएको थियो।यो संशोधन केवल रास्ट्रपति आफ्नो पद र स्वार्थको लागि स्वयं संशोधन गरेका थिए।र रास्ट्रपति परिचित साथी थिय।”मेरो कार्यकाल पछि तिम्रो रास्ट्रपति हुनेपालो”भन्ने पहिल्यै तय गरेर शासन गरेका थिय।

ती जर्मनी सम्बादाताको कारण कोरियामा लोकतन्त्र आएकोले उनलाई कोरियाको उत्कृष्ट सम्बादाता पुरस्कार(२००३)प्रदान गरियो भने उनको मृत्यु पश्चात् कपाल र नङ आन्दोलन भएको शहरमा स्मारक बनाएर राखियो।

लोकतन्त्रको लागि हाम्रा पुर्खाहरुले पनि इतिहासका विभिन्न कालखण्डमा धेरै संघर्ष गरे।आफ्नो संविधान आंफै बनाउने भनेर संविधान सभाको चुनाव सम्पन्न गरि संविधान पनि जन्मियो।संबिधानमै धेरै भाषा,जाती,संस्कृति,धर्म भएको देशको रुपमा प्रमाणित पनि गरियो।यस्ले त हामिलाई अझ सार्बभौम बनाइदियो।

अब हामी हाम्रो देशमा राजनितिक स्थिरता भएको देख्न चाहान्छौं।औधोगिक,कृषि तथा शिक्षामा क्रान्ति आएको देख्न चाहन्छौं।हामी साराले न्यायको अनुभूति गर्ने सक्ने देश बनेको देख्न चाहान्छौं।राजनितिमा आबस्यक भएको चिज त्याग र समर्पण पूरा भएको देख्न चाहान्छौं।बिदेशी भुमिमा हुने सम्पूर्ण स्वदेश फर्केको देख्न चाहन्छौं।नेपालमा हुने बिदेश पलायन हुन रोक लगाएको देख्न चाहन्छौं।हामी सबैको कल्याण होस।अबको पुस्ता बिदेसिनु नपरोस।

लेखक : बिक्रम थापा दक्षिण कोरिया

सम्बन्धित समाचार

ताजा समाचार