Sunday, January 17, 2021

Sunday, January 17, 2021
Nepal Online Patrika अन्तर्राष्ट्रिय पाँच हजार नेपालीले अस्ट्रेलियामा पाए यो वर्ष पीआर

पाँच हजार नेपालीले अस्ट्रेलियामा पाए यो वर्ष पीआर

Published:

ON:

NEPAL ONLINE PATRIKA

Share Now:

नेपाल अनलाइन पत्रिका | काठमाडौं। स्थायीत्वको सवालमा निकै कठिन बन्दै आएको अस्ट्रेलियामा यस वर्ष ५,०४८ नेपाली नागरिकले यहाँको स्थायी भिसा अर्थात पीआर पाएका छन्।

अध्यागमन विभागका अनुसार सन् २०१९/२० मा संघीय सरकारको वार्षिक आप्रवासी कार्यक्रम अनुसार ५ हजार भन्दा बढि नेपालीले पीआर पाएका हुन्।

जसमध्ये ४ हजार ६ सय ६६ जना नेपालीले दक्ष आप्रवासी कार्यक्रम अनुरूप पीआर पाएका हुन्। बाँकी ३ सय ८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा स्थायी भिसा पाएको अध्यागमनको वार्षिक प्रतिवेदनले जनाएको छ ।

अस्ट्रेलियामा पछिल्ला दिनमा ह्वात्तै बढेको नेपाली समाजको गणितलाई केलाउने हो भने यो अंकले पनि थप प्रमाणित गरेको छ ।

अध्यागमनको पछिल्ला प्रतिवेदन हेर्ने हो भने सन् २०१०/११ मा दुई हजारको हाराहारीमा रहेको यो संख्या २०१५ मा आइपुग्दा दोब्बर अर्थात चार हजार पुगेको देखिन्छ। यसले वार्षिक रूपमा नेपाली नागरिकले अस्ट्रेलियाली स्थायी भिसा पाउने सङ्ख्या वृद्धि हुँदै गइरहेको देखाएको छ।

पछिल्लो अध्यागमनको वार्षिक प्रतिवेदन अनुसार अस्ट्रेलियाको स्थायी भिसा पाउने राष्ट्रको सूचीमा नेपाल प्रमुख सात भित्र परेको छ।

पछिल्लो तथ्यांकअनुसार, नेपाल २०१९/२० मा छैठौं स्थानमा उक्लिएको हो। पहिलो पाँच राष्ट्रमा चीन, भारत, संयुक्त अधिराज्य, फिलिपिन्स र भियतनाम छन्।

सम्बन्धित समाचार

ताजा समाचार