मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

‘इन्टरनेट जुनसुकै बेला जान सक्छ’

सेवा प्रदायकहरूले प्राधिकरणलाई पोल भाडाको पुरानो बक्यौता तिरेका छैनन् भने नयाँ भाडा सम्झौतासमेत गरेका छैनन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, केबुल टेलिभिजन तथा टेलिफोन सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवाद अझै सुल्झन सकेको छैन । उनीहरूबीच चलिरहेको विवादको मूल्य भने सर्वसाधारणले चुकाउनु परिरहेको छ ।

सेवा प्रदायकहरूले प्राधिकरणलाई पोल भाडाको पुरानो बक्यौता तिरेका छैनन् भने नयाँ भाडा सम्झौतासमेत गरेका छैनन् । भाडा नतिर्ने र नयाँ भाडा सम्झौता गर्न पनि अटेरी गर्न थालेपछि प्राधिकरणले उनीहरूको लाइन काट्दै आएको छ ।

त्यस्तै, पछिल्लो समय प्राधिकरणले भाडा असुली नभएको भन्दै इन्टरनेट, टेलिफोन तथा केबुल टेलिभिजन सेवा प्रदायकहरूको कार्यालय तथा डाटा सेन्टरहरूमा बिजुली कटौती गर्न थालेको छ । यही कारण देखाएर सेवा प्रदायकहरूले इन्टरनेट तथा सञ्चारजस्तो अत्यावश्यकीय सेवा जुनसुकै बेला प्रभावित हुन सक्ने चेतावनी दिइरहेका छन् ।

‘देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारलाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै सेवा अवरुद्ध हुन सक्छ,’ इन्टरनेट सेवा प्रदायक संघ नेपालले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशका विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरहरूमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले सेवा अवरुद्ध भइरहेको छ । साथै इन्टरनेट सेवा प्रदायक घरभेटीसमेतको विद्युत् लाइन

काट्नेलगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट सेवा प्रवाह गर्न सकिएको छैन ।’ पोल भाडा नतिरेका सेवा प्रदायकहरूको बिजुली कटौती गर्न थालेपछि त्यसको असर अहिले राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा समेत परेको छ ।

बोर्डले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै इन्टरनेट सेवामा अवरोध सिर्जना हुने अवस्था आउन नदिन आग्रह गरेको छ । ‘कक्षा १२ को परीक्षा सञ्चालन गर्दा आवश्यक गोप्य सामग्रीहरू इमेलमार्फत सम्बन्धित परीक्षा केन्द्रहरूमा पठाइने हुँदा बिहान ७–१० बजेसम्म देशभर बिजुली सेवा कटौती नगर्न र इन्टरनेट सेवा अवरोध नगर्न सेवा प्रदायकहरूलाई निर्देशन दिन अनुरोध गर्दछौं,’ बोर्डले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.