मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

लगातार आठौँ दिन दुई हजारनजिक नेप्से घट्दै !

एक लगानीकर्ताले बजारमा केही सुधार आउँछ कि भन्दै ‘पर्ख र हेर्न’भन्दा पनि घाटा कम गर्न जति मूल्य आउँछ, त्यतिमै बिक्री गरेर फेरि बजारमा नफर्कने सोच बनाउन बाध्य भएको बताए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जेठ १३ देखि घट्न थालेको सेयर बजार परिसूचक नेप्से निरन्तर आठौँ कारोबार दिन पनि घटेको छ । मंगलबार नेप्से ४५ दशमलव ५९ अंकले घट्दै दुई हजार २० दशमलव ५९ अंकमा आइपुगेको हो । यो भनेको नेप्सेमा दुई दशमलव २१ प्रतिशतको गिरावट हो ।

जेठ १२ मा दुई हजार दुई सय ३९ दशमलव ६ अंकमा रहेको नेप्से आठ कारोबार दिनसम्ममा दुई सय १९ अंकले घटेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से करिब ४६ अंकले घट्दा लगानीकर्ता निकै आत्तिएका छन् । बजार घट्दै जाँदा अब बढ्छ भन्ने अपेक्षामा लगानी बढ्नेक्रम पनि देखिएको छैन । कारोबार रकम नबढेपछि अझै केही समय नेप्से सूचक ओरालो लाग्ने लगानीकर्ताको अनुमान छ ।

एक लगानीकर्ताले बजारमा केही सुधार आउँछ कि भन्दै ‘पर्ख र हेर्न’भन्दा पनि घाटा कम गर्न जति मूल्य आउँछ, त्यतिमै बिक्री गरेर फेरि बजारमा नफर्कने सोच बनाउन बाध्य भएको बताए । बजार धेरै ओरालो लाग्दा पनि बिक्री गर्नेको संख्या नघटेकाले लगानीकर्ताको धैर्यको बाँध फुट्न लागेको उनी बताउँछन् । ठूलो गिरावट आएको बजारमा १५ कम्पनीको सेयर मूल्य भने बढेको छ । त्यस्तै, एक सय ८१ कम्पनीको सेयर मूल्य घटेको छ ।

चिन्ताजनक गिरावटमा पनि नाफा कमाउन सक्ने कम्पनीमा सबैभन्दा अगाडि उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्डको मूल्य भने तीन दशमलव सातदेखि तीन दशमलव ८२ प्रतिशतसम्म बढेको छ ।

सबैभन्दा बढी घाटा खाने सेयरधनी भने हिमालयन बैंकका रहेका छन् । यसको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेको छ । त्यस्तै, सपोर्ट माइक्रो फाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य पाँच दशमलव ५१ देखि पाँच दशमलव ९९ प्रतिशतले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट रहेका छन् । यी कम्पनीको सेयर तीन करोड २० लाख रुपैयाँदेखि ६ करोड ११ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा बढी घट्ने समूहमा म्यानुफ्याक्चर एन्ड प्रोडक्सन परेको छ । यसको सूचक दुई दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै, २ प्रतिशतभन्दा बढीले घट्ने अरू समूहमा बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ‘अन्य’ समूह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

श्वेत गंगा हाइड्रोपावर साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारीमा

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.