बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

करका दर प्रचलित प्रक्रियाअनुसार नै भएको हो, राष्ट्रघातको कुरै छैन !

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको बिहीवार जवाफ दिँदै शर्माले करका दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरे ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले करका दरहरू परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरू सहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको बिहीवार जवाफ दिँदै शर्माले करका दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरे ।

शर्माले करका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दररेटहरूप्रति आफू पूर्णजिम्मेवार र जवाफदेही रहेको बताए । उनले देशको डलरको सञ्चिति, आयात, उत्पादन र औद्योगिक वातावरणलाई कसरी अगाडि बढाउने भन्ने विषयलाई समेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको दाबी गरे ।

शर्माले करका दर परिर्वतन गर्दा कुनै पनि मान्छेभित्र नपसेको स्पष्ट पारे । उनले भने,‘करका दर परिर्वतन गर्ने सन्दर्भमा आवश्यक प्रक्रियाहरू छन् ।

परिर्वतन गर्दा सम्बन्धित विभागीय प्रमुख र सचिवहरूको कमिटीले बसेर करका दर परिर्वतन गर्ने प्रचलन रहेको छ । त्यो अनुसार भएको करका दरहरूप्रति म पूर्ण जिम्मेवारी छु । जवाफदेही छु । यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

मधेस सरकारले ४७ अर्बको बजेट ल्यायो !

मन्त्री साहले मुख्यमन्त्री किसान उत्थान कार्यक्रममार्फत साना किसानको आय अभिवृद्धि गर्न, कृषि पैदावारमा आत्मनिर्भरताका लागि आवश्यक संस्थागत र संरचनागत प्रारुप तयार गरी कार्यान्वयन गर्न यस कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको हो।

चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुग्यो !

संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’

मर्जर सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच

बैंकले स्वापको कारण उब्रने रकम (प्रिमियम) पछि बोनस शेयर दिँदा चुक्तापुँजी ३४ अर्ब पुग्ने उल्लेख गरेको छ। यद्यपि स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स रिपोर्ट) ले गर्नेछ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.