बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमवार उक्त आदेश गरेको हो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जग्गा जमिन धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमवार उक्त आदेश गरेको हो ।

‘जग्गाको वर्गीकरण गर्ने आधारको रूपमा रहेको भनिएको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको देखिँदैन,’ आदेशमा उल्लेख छ, ‘जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले निवेदनको अन्तिम टुंगो नलागेसम्म २०७९ जेठ २७ गतेको उक्त पत्रको प्रकरण (७) तत्काल कार्यान्वयन नगर्नू, नगराउनू ।’

सर्वोच्चको अन्तरिम आदेश

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

मधेस सरकारले ४७ अर्बको बजेट ल्यायो !

मन्त्री साहले मुख्यमन्त्री किसान उत्थान कार्यक्रममार्फत साना किसानको आय अभिवृद्धि गर्न, कृषि पैदावारमा आत्मनिर्भरताका लागि आवश्यक संस्थागत र संरचनागत प्रारुप तयार गरी कार्यान्वयन गर्न यस कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको हो।

नेपाल–अमेरिका भ्रमण आदानप्रदान: अमेरिकातिर नेपाल ढल्किएकै हो ?

बहस र विवादको त्यो सिलसिलालाई संसद्‍मा व्याख्यात्मक घोषणामार्फत सम्बोधन गरी एमसीसी पारित गरियो ।

चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुग्यो !

संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.