शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

श्वेत गंगा हाइड्रोपावर साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारीमा

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि प्राथमिक शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

पाकिस्तानको कर बढेसँगै शेयर बजार खस्कियो !

यस करको दायरामा सिमेन्ट, स्टिल, चिनी, विषाधी, टेक्सटाइल, तेल र ग्यास, चुरोट, केमिकल, बैंक, पेय पद्धार्थ र अटोमोबाइल लगायतका क्षेत्रका १३ ठुला उद्योगहरु पर्ने भएका छन् ।

जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमवार उक्त आदेश गरेको हो ।

जनार्दन शर्मा: बजेट उद्योगमैत्री छ, आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता !

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरूपमा करको दायरा हेरफेर नगरिएको समेत दाबी गरे ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.