मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए । ‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने ।

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

विचौलियाहरुले अप्लाई गरी होल्ड गरेर तनाव दिएको हुनाले कोटा थपेर समय नै तोकेर यो सूचना निकाल्न लगाएको स्रोतले बतायो । ‘वास्तविक आकांक्षीले अप्लाई गरुन् भन्ने उद्देश्य हो,’ स्रोतले भन्यो ।

हाल आवेदकबाट प्राप्त शुरु विवरणहरु संशोधन गर्न रोक लगाउने तयारी पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

श्वेत गंगा हाइड्रोपावर साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारीमा

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सरकारी जग्गा लिजमा दिने व्यवस्था

तोकिएको म्यादभित्र लिज प्राप्तकर्ताले लिज रकम दाखिला नगरेमा सो आर्थिक वर्षको लिज रकमको १० प्रतिशत जरिवानासमेत थप गरी सो आर्थिक वर्षभित्र बुझाउनुपर्ने हुन्छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.