मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, आवेदन कसरी दिने ?

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ । नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पादन, बजारिकण तथा प्रशारण एडी रिलिज कम्पनीले गर्ने भएको छ ।

कम्पनीले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोजिरहेको जनाएको छ । त्यसका लागि प्रतिस्पर्धीहरूले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउनुपर्नेछ ।

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

यो कार्यक्रमको मञ्चबाट नेपालमै अन्तराष्ट्रिय स्तरका प्रतिभा खोजी डान्सको भविष्य खोजिरहे्काहरुलाई स्थापित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जाना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकिय भुमिका निभाउँदै गाइड गर्नेछन् ।

‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज पनि अनुवन्धित छ ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कम्पनीले जनाएको छ । फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो शो ३० भाग निर्माण हुनेछ ।

शो लाई आकर्षक बनाउन फ्रेन्चाइज गाइडलाइन अनुसार चाहिने स्टुडियो, उपकरण, लेखन, प्रि प्रोडक्सन , पोष्ट प्रोडक्सन आदिमा कुनै पनि सम्झौता नगरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

महेश बाबूलाई सुनील शेट्टीको जवाफ

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।

‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो ।

४ अर्ब नजिक ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.