मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

नेपालमा कलाकारले पाउनु पर्ने जति सम्मान नपाएझैँ लाग्छ !

दसैँको संघारमा प्रदर्शनको तयारीमा रहेको चलचित्रले दर्शकको मन जित्ने र सफल हुनेमा चलचित्रका कलाकार ढुक्क छन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली चलचित्र बाबरी प्रदर्शनको तयारीमा छ। चलचित्र आउँदो असोज १४ गतेबाट प्रदर्शनको तयारीमा छ । त्रिकोणात्मक प्रेम कथामा तयार चलचित्रमा अभिनेता धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायतको अभिनय रहेको छ ।

दसैँको संघारमा प्रदर्शनको तयारीमा रहेको चलचित्रले दर्शकको मन जित्ने र सफल हुनेमा चलचित्रका कलाकार ढुक्क छन् । अझ दसैँको समयमा फुर्सदिला दर्शकलाई मनोरञ्जनको फूल डोज बाबरीले प्रदान गर्ने चलचित्रकी मुख्य अभिनेत्री बुढाथोकी बताउँछिन् । ‘यो त्रिकोणात्मक प्रेम मात्र नभएर चलचित्रमा कमेडीका थुप्रै दृश्य छन् । क्यारेक्टरमा पनि विविधता छ। त्यसैले पनि अडियन्सको मन जित्छ जस्तो लाग्छ।’

यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रकी पुरानो अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरले पनि डेब्यु गर्दै छन् । चलचित्र प्रदर्शनको व्यग्र प्रतीक्षामा रहेका नाडकर करियरमा देखेको सपनाको मुख्य बाटोमा आएको र अबको यात्रा चलचित्र बाबरीले नै तय गर्ने बताउँछन् ।

नव–अभिनेता नाडकर भन्छन्, ‘मेरी आमाको सम्मानका लागि पहिलो फिल्म गरेको छु। भाग्यले यो नेपाली चलचित्र नै परेको छ । जीवनमा जे जस्तो समय आइपर्छ सामना गर्दै जाने छु । चलचित्र बाबरीले पनि भविष्य तय गर्ने नै छ । मेरो अभिनयको यात्रा यहीँ बाट प्रारम्भ भएको छ, र निरन्तर अघि बढिरहने छ।’

यता इन्टु मिन्टु लण्डनबाट फिचर फिल्ममा डेब्यु गरेका धिरज मगर पनि चलचित्र बाबरीले दर्शकको मन जित्नेमा ढुक्क छन् । भन्छन्, ‘दसैं र बाबरी एकसाथ आएको छ । दर्शकलै पक्कै पनि इन्जोए गर्नु हुने छ ।’

युकेमा हुर्किउका धिरज मगर युट्युब कन्टेन्ट क्रिएटरहुँदै चलचित्र क्षेत्रमा आइपुगका हुन् भने, अदिति बुढाथोकी नेपालबाट भारतसम्म पुगेर कलाकारितामा रमाउँदै आएकी छन् । उनीहरू नेपालको कलाकारीता क्षेत्र, चलचित्र बजार पछिल्लो समय ‘ग्रोइङ स्टेज’मा रहेपनि कलाकारको सम्मानमा भने केहि कमी आएको होकि भन्ने अनुमान लगाउँछन् । युकेको चलचित्र बजार होस वा भारतीय चलचित्र बजार दुवैलाई तुलना गर्दा नेपालमा कलाकारको मिहनतलाई कम आँक्ने गरेको अनुभव उनीहरूमा छ । तथापि, यो समयक्रम अनुसार सुध्रदै जानेमा पनि उनीहरू विश्वस्त छन् ।

चलचित्र बाबरीका मुख्य तीन कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरसँग रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’का लागि गरिएको विशेष कुराकानी :

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

आलोचना गर्ने बिरुद्ध कानुनी उपचारमा जाने करिश्मा मानन्धरको तयारी !

हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, आवेदन कसरी दिने ?

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

महेश बाबूलाई सुनील शेट्टीको जवाफ

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.