मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

मिस युनिभर्स नेपाल २०२२ को आवेदन खुला

यो पटकको संस्करणदेखि प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै नियम पनि सार्वजनिक गरिएको छ। आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन। समलैंगिक महिलाले पनि भाग लिन पाउने व्यवस्था गरिएको छ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालको सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुला भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रबीच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणा गरिएको हो।

उमंग क्रिएशन प्रालिद्वारा आयोजित यस प्रतियोगिताको आवेदन खुला गरिएको मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले कार्यक्रममार्फत जानकारी दिएकी हुन्।

यो पटकको संस्करणदेखि प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै नियम पनि सार्वजनिक गरिएको छ। आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन। समलैंगिक महिलाले पनि भाग लिन पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, गैरआवासीय नेपाली महिला (एनआरएन)ले पनि मिस युनिभर्समा आवेदन दिन पाउनेछन्।

प्रतियोगितामा सहभागिता जनाउन एन्ड्रोइड र एप्पल स्टोरबाट ‘मिस युनिभर्स नेपाल’ नामक एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिन्छ। उक्त एप बिहीबार लञ्च गरिएको हो।

यही असार २४ गते क्वाटर फाइनलिस्ट र साउन १७ गते सेमी-फाइनलिस्ट छनौट हुने कार्यक्रममार्फत जानकारी गराइएको छ।साउन २३ गतेदेखि १० दिनसम्म क्लोज क्याम्प हुनेछ भने भदौ ३ गते अन्तिम प्रतिस्पर्धा हुने बताइएको छ।

उपधि विजेता अर्थात् ‘मिस युनिभर्स नेपाल’ले दश लाख नगदसहित स्कटुर लगायतका पुरस्कार जित्नेछन्। प्रतिस्पर्धामा चार जना उप-विजेताहरू घोषणा हुनेछन्। उनीहरूले भने अर्को वर्ष हुने प्रतियोगितामा भाग लिन पाउने छैनन्।

आयोजक संस्था उमंग क्रिएसनले अबको दुई महिनासम्म नेपालभर कार्यशाला सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको सन् २०२१ ‘मिस युनिभर्स नेपाल’को उपाधि सुजिता बस्नेतले जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, आवेदन कसरी दिने ?

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

महेश बाबूलाई सुनील शेट्टीको जवाफ

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।

‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.