मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

४ अर्ब नजिक ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो।

‘केजिएफ २’ को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यस अघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म ‘बाहुबली २’ को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। ‘केजिएफ २’ ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म ‘दंगल’लाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएको हो।

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो।

त्यस्तै भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पनि ‘केजिएफ २’ दोस्रो स्थानमा छ। सबै भाषामा भारतबाट मात्रै ९ अर्ब २२ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गरेको फिल्म ‘बाहुबली २’ भन्दा पछाडि छ। बाहुबली २ को कमाइ १४ अर्ब २९ करोड रहेको छ। भारतमा केजिएफ २ ले गत मार्चमा प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित ‘आरआरआर’लाई पनि पछाडी पारेको छ। तेस्रो नम्बरमा रहेको ‘आरआरआर’ले भारतमा मात्रै ७ अर्ब ५० करोड कलेक्सन गरेको छ।

विश्वव्यापी कलेक्सनमा भने तेस्रो नम्बरमा रहेको ‘आरआरआर’ चौथो नम्बरको केजिएफ २ भन्दा ३८ करोड रूपैयाँले अगाडि छ। ‘आरआरआर’को कमाइ ११ अर्ब २२ करोड रहेको छ भने ‘केजिएफ २’ को कमाइ १० अर्ब ८४ करोड रहेको छ। अहिलेसम्म १० अर्बभन्दा बढीको कमाइ गर्ने भारतीय फिल्म चारवटा मात्र छन्। जसमा पहिलो नम्बरमा ‘दंगल’ छ भने दोस्रो नम्बरमा ‘बाहुबली २’ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, आवेदन कसरी दिने ?

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

महेश बाबूलाई सुनील शेट्टीको जवाफ

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।

‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.