मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

महेश बाबूलाई सुनील शेट्टीको जवाफ

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतमा यतिबेला हिन्दी फिल्म उद्योग अर्थात बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योग अर्थात साउथका बीच वाकयुद्ध चलिरहेको छ । दुबै पक्षले आफूलाई अब्बल भएको दावी गरिरहेका छन् ।

यी दुबै फिल्म उद्योगहरु आपसमा यसरी भिंडिरहेका छन्, लगातार कलाकारहरु यो वहसमा जोडिरहेका छन् । अहिले फिल्म क्षेत्रमा साउथको दबदवा छ । यस्तो अवस्था बलिउड पनि आफूलाई कम मान्दैन । व्यवसायिक रुपमा हेर्ने हो भने अहिले बलिउडलाई साउथका फिल्मले उछिनेको छ ।

यसैबीच, भरखरै मात्र साउथ फिल्मका सुपरस्टार महेश बाबूले बलिउड डेब्यूका बारेमा एउटा विवादित अभिव्यक्ति दिएका थिए । त्यसक्रममा उनले आफूलाई बलिउडले अफोर्ड नै गर्न नसक्ने बताएका थिए । उनको आशय बलिउडले उनलाई उनको उचित पारिश्रमिकमा अभिनय गराउन सक्दैन भन्ने थियो ।

उनको यो भनाइप्रति अभिनेता सुनील शेट्टीले आपत्ति जनाएका छन् । उनले बलिउड भर्सेस साउथ फिल्म उद्योगका बारेमा जारी विवादमा प्रतिक्रिया जनाएका हुन् ।

शेट्टीले भनेका छन्–‘मलाई लाग्छ बलिउड भर्सेस साउथ फिल्म उद्योगको प्रकरण सोशल मीडियामा सिर्जना गरिएको हो । हामी भारतीय हौं र यदि ओटीटी प्लेटफर्मलाई हेर्ने हो भने त्यहाँ भाषाले महत्व पाएको छैन, कन्टेन्टलाई महत्व दिइन्छ । यसैगरी बलिउड विरुद्ध साउथको फरक नै यही हो । म पनि साउथबाटै आएको हुँ, तर मेरो कर्मभूमी मुम्बई हो, त्यसैले मलाई मुम्बईकर भनिन्छ ।’

सुनील शेट्टीका अनुसार वास्तविकता के हो भने अहिले दर्शकले नै कुन फिल्म हेर्ने अथवा कुन फिल्म नहेर्ने भन्ने बारेमा निर्णय लिइरहेका छन् । ‘मेरो चिन्ताको विषय के हो भने हामीले कहिँ न कहिँ दर्शकलाई नै बिर्सिसक्यौं । हामीले दर्शकलाई सही रुपमा सम्बोधन गरिरहेका छैनौं । फिल्मका बारेमा मलाई सधैं मानिसहरुले के भन्ने गरेका छन् भने फिल्म होस् अथवा ओटीटी, पिता जहिले पनि पिता नै रहन्छन्, बाँकी सबै परिवारका सदस्यको रुपमा रहन्छन् ।’

सुनील शेृट्टीका अनुसार भारतमा अझै पनि ७० प्रतिशत त्यस्ता दर्शक छन् जो सिनेमा हलमा राम्रा फिल्म हेरेर सीटी बजाउँछन् । ‘मलाई लाग्छ, हामीले कन्टेन्टमा काम गर्नु पर्छ । बलिउड सधैं बलिउड नै रहने छ । हामीले केवल उत्कृष्ट कन्टेन्ट दिन सक्नु पर्छ ।’

यसअघि साउथ अभिनेता महेश बाबूले अदिवि शेषको फिल्म ‘मेजर’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा आफ्नो बलिउड डेब्यूका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले हिन्दी फिल्म उद्योगले आफूलाई अफोर्ड नै गर्न सक्दैन, त्यसैले आफूले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहेको बताएका थिए ।

महेश बाबूको भनाइ थियो–‘मलाई हिन्दी फिल्महरुबाट थुप्रै प्रस्तावहरु आएका छन्, तर मलाई के लाग्छ भने उनीहरुहरुले मलाई अफोर्ड गर्नै सक्दैनन । म त्यस्तो उद्योगमा काम गर्न चाहन्न, जसले मलाई अफोर्ड नै गर्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै, आवेदन कसरी दिने ?

कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो ।

४ अर्ब नजिक ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.