मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

कम उमेरमै किन कपाल सेतो हुने क्रम बढ्दैछ ?

तर कम उमेरमा कपाल सेतो हुँदै गएको छ भने शरीरमा आवश्यक पोषक तत्वको कमी भएको हुनसक्छ भनेर बुझ्नुपर्छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उमेर बढ्दै जाँदा कपाल सेतो हुनु सामान्य कुरा हो । तर कम उमेरमै कपाल सेतो हुन थाल्दा भने समस्या हुन्छ । उमेर बढ्दै जाँदा शरीरमा कपाललाई रंग दिने तत्व मेलानिनको उत्पादन सुस्त हुन्छ ।

बुढेसकालसँगै शरीरमा मेलानिनको उत्पादनमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । तर कम उमेरमा कपाल सेतो हुँदै गएको छ भने शरीरमा आवश्यक पोषक तत्वको कमी भएको हुनसक्छ भनेर बुझ्नुपर्छ । साथै, सानै उमेरमा कपाल सेतो हुनु शरीरमा बिस्तारै केही रोग विकास भइरहेको संकेत पनि हुन सक्छ ।

सानै उमेरमा कपाल फुल्ने कारण

वंशाणुगत सानै उमेरमा कपाल फुल्ने कारण वंशाणुगत पनि हुन्छ । वंशाणुगत रूपमा नै कपालमा रंग दिने तत्वमा कमी भएर सानै उमेरदेखि कपाल फुल्ने समस्या हुन्छ ।

खानपान

अहिले हाम्रो खानपानमा एकदमै परिवर्तन आएको छ । घरमा पाइने ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुडको सेवन बढेको छ । जसले गर्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको हुँदैन र कपाल फुल्छ । प्रोटिन, भिटामिन र आइरनको कमीका कारण पनि कपाल फुल्ने समस्या हुन्छ ।

धुम्रपान

धेरै अनुसन्धानले कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध रहेको पत्ता लगाएका छन् । किनभने चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाल्को रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावको कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै अनुसन्धानमा यो देखियो कि जो व्यक्ति धेरै तनाव लिन्छ, उसको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ ।

कपाल कलर र स्ट्रेट गर्नु पनि कारण

अहिले कपाल कलर गर्ने र स्ट्रेट गर्नेको संख्या बढ्दो छ । यसको कारण पनि कम उमेरमा कपाल फुल्ने समस्या देखा परेको छ । कपालमा कलर र स्ट्रेट गरेका कारण कपालमा क्षति पनि पुग्न सक्छ ।

शरीरलाई चाहिने रसायनको कमी

शरीरलाई चाहिने रसायन जस्तो बायोटिन, भिटामिन बी-१२ र अन्य रसायनको कमीले पनि कम उमेरमा कपाल फुल्न सक्छ । विभिन्न रोगका कारण पनि कपाल फुल्ने समस्या भएको हुन सक्छ ।

कुनै बच्चामा कुपोषण भएको छ भने त्यसले पनि कपाल फुल्ने समस्या हुन्छ । यस्तै थाइराइड, अटोएम्युन रोग र दुबीका कारण पनि यो समस्या हुन सक्छ ।

समय अगावै कपाल फुल्नबाट जोगाउने उपाय

– सन्तुलित र पोषणयुक्त खाना खाने । खानामा प्रोटिन, भिटामिन, आइरन लगायतका तत्वहरू समावेश गर्ने

– विभिन्न भिटामिनका पूरक सेवन गर्ने

– नियमित योग तथा व्यायाम गर्ने

– धुम्रपान छाड्ने

– तनाव नलिने

– प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खाने

उपचार

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार त छैन । तर ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिमा यस्तो समस्या छ भने क्याल्सियम प्यान्टोथेनेट ट्याब्लेटको सेवन गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार कपाल फुल्न कम गर्ने जेल र स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार नभएकाले कपाल कलर गर्ने चलन पनि लामो समयदेखि चल्दै आएको छ । तर एकदमै धेरै कपाल फुलेको छ भने यसका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • थप समाचार पढ्नुहोस् ⟶
  • कपाल
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

हैजा फैलिएपछि होटल तथा रेस्टुरेन्टमा अनुगमन

प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो ।

शरीरमा भिटामिन डीको कमी कसरी थाहा पाउने ?

यदि अत्यधिक थकान, कमजोरी र हड्डी दुख्ने समस्या जारी छ भने, तपाईंले आफ्नो भिटामिन डी परीक्षण गराउनुपर्छ।

बिहान खाली पेट मनतातो पानी पिउनुका फाइदा

शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ। तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.