नेपाल अनलाइन पत्रिका – काठमाडौं। आज २५६६ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूत गौतम बुद्धको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।
भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको स्मरण स्वरुप बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलन छ |
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मृत्यु वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् ।
आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ । बुद्ध जन्मस्थलमा आज बुद्ध जयन्तीको अवसरमा पूजनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदै छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी पुगेका छन् ।
बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि मोदी लुम्बिनी आउन लागेका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः ४० बजे लुम्बिनी आउने कार्यक्रम रहेको छ ।
त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः २० परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने, १२ :३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ : ४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।