शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

श्रीलङ्कामा अनिश्चितकालिन कर्फ्यु जारी

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

शनिबार, असार २५, २०७९। नेपाल अनलाइन पत्रिका – कोलम्बो। श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्व सन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।

कर्फ्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्‌न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्‌न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उहाँको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन हुन लागेको हो ।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाई छ।

दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

नेपाल–अमेरिका भ्रमण आदानप्रदान: अमेरिकातिर नेपाल ढल्किएकै हो ?

बहस र विवादको त्यो सिलसिलालाई संसद्‍मा व्याख्यात्मक घोषणामार्फत सम्बोधन गरी एमसीसी पारित गरियो ।

अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने, रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास

रुससँग भएका भन्दा अत्याधुनिक मानिएका यी हतियारले लामो दुरीसम्म प्रहार गर्न सक्छ । यद्यपि यस्ता हतियार कतिवटा अमेरिकाले दिनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

युएईका राष्ट्रपति शेख खलीफाको निधन उनकै भाइ नयाँ राष्ट्रपति बने

राष्ट्रपतिको मृत्युपछि युएई सरकारले ४० दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.