मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ !

युक्रेन युद्धसँग सम्बन्धित ‘प्रचार’ फैलाउँदा कडा सजाय दिइने प्रावधान एवं पुटिन विरोधी सामाजिक कार्यकर्तामाथि प्रहरीको प्रताडनापछि रुसमा सार्वजनिक रुपमा विरोध प्रदर्शन निकै दुर्लभ भएको छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।

प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ । मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।

पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको थियो । केही समयपछि एउटै उडानमा पनि ठाउँ बाँकी थिएन । मस्कोको अभियोजकको कार्यालयले बुधबार इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउँदा वा त्यसमा सहभागी भएमा १५ वर्षसम्म बढी जेल सजाय हुन सक्ने चेतावनी दिएको थियो ।

युक्रेन युद्धसँग सम्बन्धित ‘प्रचार’ फैलाउँदा कडा सजाय दिइने प्रावधान एवं पुटिन विरोधी सामाजिक कार्यकर्तामाथि प्रहरीको प्रताडनापछि रुसमा सार्वजनिक रुपमा विरोध प्रदर्शन निकै दुर्लभ भएको छ ।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने हो । पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका थिए।

पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग भनेर व्याख्या गरिएको छ । युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

श्रीलङ्कामा अनिश्चितकालिन कर्फ्यु जारी

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

‘मौसमी रोजगारी’ का लागि चर्को शुल्क तिरेर विदेशिदै नेपाली

यसरी सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफै एप्लाइ गर्न मिल्ने भए पनि प्रक्रिया नजान्दा धेरैजसो युवा–युवती एजेन्टलाई चर्को शुल्क तिर्न बाध्य हुने गरेका छन् ।

युक्रेनको सेभेरोदोनेत्स्क सहर रुसी सेनाको कब्जामा

‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.