बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

हवाई उडान रोक्ने निर्णयबाट पछि हट्यो वायु सेवा सञ्चालक संघ, नियमित उडान ११ बजेदेखि

यती एयरलाइन्सले पनि ट्विट गर्दै अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडान नियमित हुने जानकारी दिएको छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वायु सेवा सञ्चालक संघले आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णयबाट ‘ब्याक’ भएको छ । संघ निर्णयबाट पछि हटेसँगै हवाई सेवा कम्पनीहरूले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुनेछन् ।

बुद्ध एयरले ट्विट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जनाएको छ । यती एयरलाइन्सले पनि ट्विट गर्दै अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडान नियमित हुने जानकारी दिएको छ ।

श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने जानकारी दिए । वायु सेवा सञ्चालक संघले विभिन्न मागहरू राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

शिक्षामन्त्रीको जवाफ : नेपालमा दुई खाले शिक्षा छैन !

नेपालको शिक्षा क्षेत्रको ३१ प्रतिशत व्ययभार निजी क्षेत्रले ओगटेको र बाँकी राज्यले जिम्मेवारी बहन गर्दै आएको उनले बताए ।

नेपाल–अमेरिका भ्रमण आदानप्रदान: अमेरिकातिर नेपाल ढल्किएकै हो ?

बहस र विवादको त्यो सिलसिलालाई संसद्‍मा व्याख्यात्मक घोषणामार्फत सम्बोधन गरी एमसीसी पारित गरियो ।

चार दिनदेखि अनशनमा दूधेबालक च्यापेर ‘कुमारी आमा´, स्वास्थ्य अवस्था जटिल बन्दै !

बलात्कृतपछि आमाबुवा र तीन जना दिदीले तिरस्कार गरेको उनले बताएकी छिन्। अहिले सङ्घर्षको मैदानमा एक्लै होमिनु परेको उनको गुनासो छ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.