मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

निर्वाचन आयोगको निर्देशन, चुनावको बेला इन्टरनेट बन्द नहुने व्यवस्था गर्न !

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानले चुनावको समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको प्रति आयोगको गंभिर ध्यानाकर्षण भएको बताएको हो।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएकोमा निर्वाचन आयोगले गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानले चुनावको समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको प्रति आयोगको गंभिर ध्यानाकर्षण भएको बताएको हो।

आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले आज सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा विधमान सूचना तथा प्रविधिको युगमा इन्टरनेट सहज र निरन्तर प्राप्त गर्नु नागरिकको आवश्यकता भइसकेको भन्दै यो नागरिकको अधिकार समेत भएको बताए।

“इन्टरनेट बन्द भएको अवस्थामा संविधानले व्यवस्था गरेको नागरिकको हक र अभिव्यक्ति स्वतन्त्रता प्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्ष तर्फलाई ध्यानाकर्षण गराउँदछौं,” उनले भने।

देशभर एकै पटक स्थानीय तहमा निर्वाचन गराउन लागेको भन्दै इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गंभिर असर पर्ने भएको हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिती बनाउन आयोगले निर्देशन समेत दिएको छ।

यसअघि आईस्पानले चुनावको समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको थियो। सरकारले आफ्ना समस्याहरु समाधान नगरेको र देखावटी कार्य मात्र गर्दै आएको भन्दै आईस्पानले इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए !

सोही मुद्दामा अदालतले लाल मोहम्मदलाई १० वर्ष कैद सजाय गरेको थियो । सो सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् ।

टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.