बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

काठमाडौं महानगर अपडेट : स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन नै अगाडि

एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

अरु उम्मेदवार कसको कति ?

मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा ३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा डंगोल अगाडि

शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोलाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २, आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

फेरि एकपटक प्रधानमन्त्री बनेर विकृतिमाथि प्रहार गर्न मन छ !

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए !

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ !

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.