नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएकोले आफूहरू असफल भएको प्रतिक्रिया जनाएका छन् ।
‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका बेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रम समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूका बारेमा गरिएका कु–प्रचार तोड्न सकेनौँ ।’
जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नगरपालिका १, २,५ वडामा अध्यक्ष पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गरेका छन् ।
उनले प्रमुख र उपप्रमुखमा मत घटेकाले लगभग हारको नजिक पुगिएको बताएका छन् ।