बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

मूल्य बढाएर सरकारले संसदको अपमान गर्‍यो !

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बताएपनि उक्त बचन लत्याउँदै मूल्यवृद्धि गरेर संसदकै अपमान भएको ज्ञवालीको भनाइ छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बताएपनि उक्त बचन लत्याउँदै मूल्यवृद्धि गरेर संसदकै अपमान भएको ज्ञवालीको भनाइ छ । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा आपत्ति जनाए ।

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताए । उनले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प रहेको बताए ।

‘संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो’, ज्ञवालीले भने, ‘त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ ।

कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ ।’ उनले आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिने पनि बताए । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिए ।

‘यदि हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चलिएन भनेदेखि हामी त्यो भन्दा अगाडि बढ्छौँ’, ज्ञवालीको भनाइ छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

फेरि एकपटक प्रधानमन्त्री बनेर विकृतिमाथि प्रहार गर्न मन छ !

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए !

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ !

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.