बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए । तर, पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् । भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए । तर, पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।

रविले पार्टी निर्माणको तयारी गरेको दाजु हरिशरण लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘भाइसँग मेरो कुरा भएको थियो । उसले मङ्गलवार नयाँ पार्टी घोषणा गर्न लागेको मलाई बताएको छ । उसलाई मैले शुभेच्छा दिएको छु ।’

हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको उनले बताए । ‘दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरू आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो र मलाई पनि ठिकै लाग्यो,’ उनले भने ।

रविनिकट अर्को स्रोतले पनि उनले नयाँ पार्टी घोषणा गर्न लागेको पुष्टि गरेको छ ।

सबै कुरा गोप्य, कार्यालय बालाजुमा

रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ, जुन भोलिको कार्यक्रममा घोषणा गरिने छ । पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।

रविको टिमका एक सदस्य दीपक बोहराले सबै कुरा भोलि थाहा हुने भने कुनै पनि जानकारी दिन अस्वीकार गरे । ‘भोलि उहाँले आफ्नो राजनीतिक करिअरको सुरुवात गर्नुहुन्छ । के–कसरी जाने भन्ने भोलि नै बताउनुहुन्छ,’ बोहराले भने । कतिपय विषयहरूमा अझै पनि छलफल जारी रहेको उनको भनाइ छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

फेरि एकपटक प्रधानमन्त्री बनेर विकृतिमाथि प्रहार गर्न मन छ !

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए !

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ !

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.