बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

रवि लामिछानेको पार्टी किन अरु भन्दा फरक छ? ७ अवधारणा

लामिछानेले घोषणा गरेको पार्टीमा कार्यकर्ता नुहेन भएको छ। तर, पार्टी सदस्य भने रहेन लामिछानेले बताए।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्व पत्रकार रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्दै ७ वटा अवधारणा अघि सारेका छन्। राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आफूले नयाँ अवधारणका साथ दल घोषणा गरेको बताएका हुन्।

१. प्रारम्भिक निर्वाचन

लामिछानेले आफ्नो पार्टीबाट उम्मेद्वार बन्नका लागि आफ्नै पार्टीमा पहिला चुनाव सामना गर्नुपर्ने बताएका छन्। ‘तपाईंलाई आम निर्वाचनमा उठाउने हो भन्ने पार्टीमा चुनाव हुनेछ। तल्लो तहको मत नलिएर कोहि नेता हुन पाउँदैन। कसैले टीका लगाउने छैन। चाकडी गरेको आधारमा हुने छैन्,’लामिछानेले भने।

अहिलेसम्म नेपालका कुनै राजनीतिक दलमा यस्तो अवधारणा नभएकोले आफ्नो पार्टी फरक भएको रविको दाबी छ।

२. युवा सहभागीता ५० प्रतिशत

लामिछानेको पार्टीमा युवा सहभागितालाई प्राथमिकता दिइने छ। रविले आफ्नो पार्टीमा ५० प्रतिशत युवालाई अनिवार्य गरिएको बताएका हुन्। उनले आफ्नो पार्टी युवाहरुको पार्टी हुने समेत बताएका छन्।

३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

लामिछानेले घोषणा गरेको पार्टीको अर्को अवधारणा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको छ। त्यसका लागि पार्टीको साधारण सदस्य र सभापतिमा निर्वाचित भएको हुनुपर्ने लामिछानेले बताए।

‘यदी मैले प्रधानमन्त्री हुन चाहेको हो भने साधारण सदस्य र सभापति हुनसक्ने गरि उठनुपर्ने छ। र उनीहरुले जिताएको मान्छे मात्रै प्रधानमन्त्रीको उम्मेदवार हुने छ,’लामिछानेले भने।

उम्मेदवारले ‘मन्त्रिपरिषद’ मा हुने टिम नै घोषणा गरेर चुनावमा जान सक्ने लामिछानेले बताए।

४. राइट टु रिकल र राइट टु रिजेक्ट

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीबाट निर्वाचित भएर गएकाहरुले राम्रो काम नगरेर अस्वीकृत गर्ने र फिर्ता बोलाउने व्यवस्था हुने बताए। ‘फिर्ता मात्रै होइन कठालो समातेर ल्याउन सकिने छ,’उनले भने।

५, डिजिटल डेमोक्रेसीको अभ्यास

लामिछानेको पार्टीले अहिलेको जस्तो चुनाव नहुने बताएको छ। पहिला आफ्नो पार्टीमा र पछि सबै ठाउँमा डिजिटल रुपमा चुनावको अभ्यासका लागि प्रयास गर्ने उनले बताए।

‘महिनौ लगाएर मत्रपत्र ल्याउने र मत हाल्ने व्यवस्था हुने छैन,’लामिछानेको भनाइ छ।

६. परिवारवाद निषेध

राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवादलाई निषेध गर्ने घोषणा गरेको छ। परिवारका मान्छेहरु लाभको पदमा नहुने लामिछानेले प्रतिवद्धता व्यक्त गरेका छन्।

‘एउटै परिवारकाले लाभको विषय पाउने छैन,’उनले भने।

७. कार्यकर्ता रहित पार्टी

लामिछानेले घोषणा गरेको पार्टीमा कार्यकर्ता नुहेन भएको छ। तर, पार्टी सदस्य भने रहेन लामिछानेले बताए।

‘कुनै भातृ संगठन हुने छैन। सदस्य र फलोअर्स हुनेछ। चुनावमा भोट हाल्न बाहेक केही गर्नु पर्दैन्,’लामिछानेले भने।

यस्तै लामिछानेले व्यापारीबाट चन्दा नलिने घोषणा समेत गरेका छन्। तर, सर्वसाधारणबाट थोरै सहयोग संकलन गरेर पार्टी सचांलन गरिने उनको भनाइ छ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

फेरि एकपटक प्रधानमन्त्री बनेर विकृतिमाथि प्रहार गर्न मन छ !

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए !

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ !

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.