शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे ।

पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।

‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्नुपर्छ ।’

अहिले दलाल पुँजीवाद हरेक क्षेत्रमा हावी हुँदै गएको नेपालले टिप्पणी गरे । ‘दलाल पूँजीवादसँगको लडाई प्रधान अन्तरविरोध हो । नेपालको अर्थतन्त्र र राजनीतिमा यिनै दलाल शक्तिहरु हावी छन् । राजनीतिक दलका पार्टीहरूलाई यिनै दलालहरूले प्रभावित पारेका छन्’ नेपालले भने, ‘भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ । त्यो विभिन्न पार्टीमा बढ्दै जाँदा हाम्रो पंक्तिमा पनि बढ्दै गएको छ ।’

यस्तै निर्वाचनमा पैसा बाहेक नदेख्ने प्रवृत्ति बढ्दै गएको नेपालले बताए । ‘निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेछ । पैसा मात्रै ठान्ने त्यसकै लागि मरिहत्ते गर्ने प्रवृत्ति छ । त्यसमा कसरी संघर्ष गर्ने त्यसमा ध्यान दिनुपर्नेछ ।’

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.