शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया गर्ने !

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि, हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य पुरु दाहाल सुर्खेत आइसकेका छन् । महामन्त्री बर्तौलाका अनुसार विभिन्न बर्ग , क्षेत्र , समुदायका व्यक्तिहरुसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ ।

जहाँ थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि सुर्खेत आउने कार्यक्रम रहेको केन्द्रिय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए । महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत गरेको र पार्टीको भावी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए । कार्यक्रमबाट प्राप्त सल्लाह ,सुझाब ,प्रतिक्रिया अनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउने नीति पार्टीले अबलम्बन गर्ने उनले बताए।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.