शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद मुक्त गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पुगेको छ।

२०७८ साल वैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका ओलीले जेठ ८ गते पुनः संसद विघटन गरेका थिए। त्यसपछि जेठ १० एमालेकै माधवकुमार नेपाल पक्षीय सांसद्हरूसहित शेरबहादुर देउवालाई समर्थन गर्नेमध्ये १४६ सांसद सर्वोच्चमा भौतिक रूपमा उपस्थित भएर ओलीलाई पुन: प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए। त्यसको झण्डै डेढ महिनापछि उनीहरुको माग बमोजिम समय नै तोकेर सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनि परामादेश जारी गरेको थियो। सर्वोच्चले ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए। त्यसपछि चार सदस्यीय मन्त्रिमण्डल सहित शेरबहादुर देउवाले असार २९ गते राष्ट्रपति भण्डारीबाट शपथ लिएका थिए।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

केपी ओली: अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् !

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.