शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले लेखेका कतिपय ग्रन्थमा आशङ्का गर्ने ठाउँ रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती तथा गुरु पूर्णिमाका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उदाहरणका रूपमा घाँसी कवितालाई लिन सकिने बताए ।

उनले घाँसी भन्ने शब्द त्यसबेला तनहुँमा चल्थ्यो चल्दैनथ्यो भन्दै घाँसी शब्द सहरमा चल्ने गरेको बताए । ‘घाँसी कविता भानुभक्तले तनहुँमा बसेर लेखे की ? मोतिराम भट्टले बनारसमा बसेर लेखे ? यसमा आशङ्का गर्न सकिन्छ ?’ओलीले प्रश्न गरे ।

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो । मोतिराम भट्टका हजुरबाका घरमा आएर भानुभक्तलाई बस्ने गरेको भन्दै मोतिराममार्फत भानुभक्तका ग्रन्थहरू आएको बताए ।

मोतिराम भानुभक्तप्रति गुरुभक्तप्रति बढि निर्देशित र अभिप्रेरित भएको ओलीको भनाइ छ । भानुभक्तले शास्त्रलाई केही पण्डितहरूबाट खोसेर जनमानसमा ल्याएको उनले दाबीसमेत गरे । ओलीले संस्कृत भाषा बोलीचालीको नभएर सम्भ्रान्त भाषा भएको पनि बताए ।

त्यस्तै अध्यक्ष ओलीले गुरु वचनलाई प्रमाण मान्ने गरिएको भन्दै गुरु वचनका अघि शास्त्र पनि असान्दर्भिक हुन सक्ने बताए । ‘गुरु असान्दर्भिक हुन सक्दैनन् । गुरु देवतातुल्य हुन्छन्’, ओलीले शिक्षित समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । ‘शिक्षित व्यक्ति आफ्ना लागि मात्र नभएर समाजका लागि गुणवान् हुनुपर्छ । नत्र शिक्षा पूर्ण हुँदैन’, ओलीको भनाइ छ ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

केपी ओली: अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् !

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.