शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

प्रचण्ड: सबै राजनीतिक दल एउटै हुन् भन्ने न्यारेटिभ बनाउन खोजिँदै छ !

संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् ।

नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए ।

‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्’ प्रचण्डले भने, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् । एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छ ।’

एमालेप्रति लक्षित गर्दै प्रचण्डले कतिपय दलहरु संघीयता खारेज गर्नुपर्छ भन्दै खुलेआम बोल्न थालेको बताए । अहिलेका परिवर्तनका सबै मुद्धा उल्ट्याएर मुलुकलाई निरंकुशतातिर लग्न खोजिएको प्रचण्डको भनाई छ । बरु संघीयतालाई बलियो बनाउन संविधान बमोजिम ऐन कानुन बनाउन लाग्नुपर्ने उनले बताए ।

संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए ।

‘हिजो एकथरी साथीहरुले नेपालमा गणतन्त्र नेपालमा सम्भव छैन भन्ने ठान्थे । संविधान बनाउने क्रममा ती पार्टीका नेताहरु हमेशा सशंकित हुन्थे’ स्मरण गर्दै प्रचण्डले भने, ‘के भाउँतो ल्याएका होलान् । जाने मानेको गाविस ठिकै थिए । वडाहरू ठिकै थिए । सेन्टलाइज सिस्टम नै ठिकै थियो भन्ने लागि नै राखेको थियो ।’ संविधान बनाइसकेपछि ऐन बनाउने क्रममा प्रदेश र स्थानीय तहमा पनि त्यस्तै अप्ठ्यारो भइरहेको प्रचण्डले बताए ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

केपी ओली: अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् !

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.