शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भने, ‘नेताहरुले गभर्नरको विषयमा कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि गभर्नरले राजीनामा दिनुपर्छ भन्नुभएको छ’ उनले भने ।

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम अधिकारीको छदम् नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारिक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम अधिकारी देखाउन नसकेकाले उनी नै उक्त व्यक्ति भएको ठानिएको हो ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

घरको सामान्य सजावटले तपाईको भाग्य चम्किन सक्छ !

घरलाई मात्र व्यवस्थित बनाउन सकियो भने तपाईको भाग्य नै फेरिन सक्छ । किनकी तपाईको घरमा सकरात्मक उर्जाको प्रवेश हुनु भनेको तपाईको जीवनमा नयाँ उमंग छाउनु हो ।

सम्बन्धित समाचार

केपी ओली: मानवअधिकारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरियो !

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

केपी ओली: अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् !

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.