मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

संसदमा बाबुरामको प्रश्न: संविधान जलायौँ भन्ने अनि मन्त्री खाँदै, पार्टी चहार्दै गर्न मिल्छ ?

संविधान जलाएको पनि भन्ने र राजनीतिक लाभको पद पनि खाइरहन नमिल्ने भट्टराईले बताए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कतिपय दलले संविधान जलायौँ भन्ने र मन्त्री पनि खाइरहने गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले आफूले संविधानलाई ‘आधा खाली र आधा भरि गिलासजस्तै’ भनेको स्मरण गर्दै भने, ‘कतिपय साथीहरूले संविधान जलायौँ भन्नुभएको छ । त्यसो भए तपाईंहरू यहाँ (संसद्मा) किन आएको ?’ संविधान जलाएको पनि भन्ने र राजनीतिक लाभको पद पनि खाइरहन नमिल्ने भट्टराईले बताए ।

‘संविधान आधा गिलास भरि, आधा गिलास खाली भनेजस्तो छ । कतिपय साथीहरूले संविधान जलायौ भन्नुभएको छ । त्यसो भए तपाईंहरू यहाँ किन आउनुहुन्छ ? किन मन्त्री खानुहुन्छ ? किन यो र त्यो पार्टी चाहार्नु हुन्छ । चुनावको बेला छ । चर्का कुरा गरेर जनतालाई ठग्ने कुरा गर्नु हुँदैन’, डा. भट्टराईले भने ।

संसद्लाई भरपूर उपयोग गर्न नसकेको भट्टराईले बताए । ‘संसद् सञ्चालनमा २५/३० नम्बर ल्यायौँ होला तर, पास हुन सकेनौँ’, उनले भने ।

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई दलीय र गुटीय आधारमा व्यवहार भएको उनले बताए । त्यसैगरी, नागरिकताका विषयमा पनि संसद्मा बहस नपुगेको उनले बताए ।

‘नागरिकता विधेयकको बारेमा संसदमा पनि बहस पुगेन । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने थियो, दियौँ । वैवाहिक अंगीकृतलाई नागरिकता दिनुपर्ने थियो, दियौँ । तर, महिलालाई संवैधानिक रूपमै विभेद गर्न मिल्छ । आफ्ना सन्ततिलाई नागरिकता दिनको लागि बाबुको बारेमा थाहा नपाएको स्वघोषणा गर्नुपर्ने गरी विभेद गर्न मिल्थ्यो ?’, भट्टराईले भने ।

सडकमा बादशाह नाङ्गै हिँडेको कथा जोड्दै भट्टराईले युवा पुस्ताहरूले अहिलेका राजनीतिक नेतृत्वलाई नाङ्गै देखिरहेको बताए ।

‘बादशाह नाङ्गै थिए । सबैले क्या राम्रो कपडा लगाएको भनेर प्रशंसा गरे । बादशाह सडकमा हिँड्यो । एउटा सानो बच्चाले भनिदियो बादशाह त नाङ्गै छ । अहिले हामीलाई सडकबाट युवाहरूले नाङ्गै छन भनिरहेका छन् । यो कुरालाई हामीले स्वीकार गर्ने कि नगर्ने ?’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.