मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

संविधान मास्ने शक्तिहरू जनतालाई दिग्भ्रमित पार्ने प्रपञ्च गरिरहेका छन् !

४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृति विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वाञ्छनीय हुनेछ ।’

आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् ।

‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ उनले भनेका छन् ।

४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपञ्च गरिरहेका छन्,’ उनले भनेका छन्, ‘हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.