मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए ।

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँ राष्ट्रपतिले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो ।

त्यहीँ विषयमा गठबन्धनमा छलफल गर्यौं ।’ राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डले बताए । ‘राष्ट्रपतिको कदम संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ, गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ’ प्रचण्डले भने- ‘यो देशका उत्पीडित क्षेत्र वर्ग र समुदायको हक अधिकारका विरुद्ध छ ।’

राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरु सडकमा आन्दोलित भइसकेकाले अब संघर्ष नरोकिने प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।

‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो !

महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.