मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संसदले दोहोर्याएर पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणित नगरेर राष्ट्रपतिले संविधान, संसद, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार गरेको टिप्पणी गरेका छन्।

संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा मंगलबार राति १२ बजेसम्मका लागि भएकोमा राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि नेता निधिले बुधबार ट्वीट गर्दै यसबाट मुलुकमा ठूलो दुर्घटना निम्त्याउन खोजेको बताएका हुन्।

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो। संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार हो। राष्ट्रिय एकता र सामाजिक स्थिरतालाई बिथोली द्धन्द्ध सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।

‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो !

महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.