मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

दुईमध्ये एक पदमा महिला अनिवार्य गर्नु जरुरी देखियो !

निर्वाचन आयोगका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ६.७ प्रतिशत र उपप्रमुख÷उपाध्यक्षमा ७३.२ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा दुई पदमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था जरुरी देखिएको बताएका छन् ।

स्थानीय पालिकाको उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबाट महिलाको संख्या न्यून भएको प्रश्नमा उनले पार्टीले ३५ प्रतिशत महिला सहभागितको व्यवस्था गरेको भए पनि गठबन्धन गर्दा त्यसको हुन नसकेको स्वीकार गरे।

सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ,’ उनले भने, ‘हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याइँ वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो ।’

निर्वाचन आयोगका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ६.७ प्रतिशत र उपप्रमुख÷उपाध्यक्षमा ७३.२ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ।

कानूनी रुपमै अनिवार्य गर्दा महिला सहभागिता बढ्ने प्रचण्डको भनाइ छ। उनले भने, ‘त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानूनी रुपले त्यस्तो परेको हो। मलाई लाग्छ, यो कानून नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।’

२०७४ सालको चुनावमा भन्दा यसपटक आफ्नो पार्टीले दोब्बर जित्ने दाबी प्रचण्डको छ। ‘मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं,’ उनले दाबी गरे, ‘सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएकोछ। हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ ।’

केन्द्रबाट निर्णय भएको महानगर र उपमहानगरमा शतप्रतिशत विजय हुने र बागी उम्मेदवारीले फरक नपर्ने प्रचण्डको दाबी गरे। ‘मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा शतप्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ,’ उनले जिकिर गरे, ‘एकाध वागीले त्यसको मूलभूत परिणाममा कुनै असर पार्दैन ।’

घोषणा पत्र किन आएन भन्ने प्रश्नमा उनले स्थानीय तहलाई नै आफ्नो विशेषता अनुसार ल्याउने अधिकार दिएको उनले बताए। ‘घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई ?’ उनले भने, ‘अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्दाहरु नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.