बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

उदयपुर अस्पतालमा फोहोर व्यवस्थापन भवन निर्माण गरिँदै

सूचना अधिकारी खत्रीका अनुसार विद्युतिय माध्यमबाट बोलपत्र आव्हान गरिदा अस्पताललाई करिब ३६ प्रतिशत रकम बचत भएको छ।

नेपाल अनलाइन पत्रिका – उदयपुर। जिल्ला अस्पताल उदयपुरमा फोहोरमैला व्यवस्थापनको लागि भवन निर्माण गरिदैँ छ। अस्पतालमा मेडिकलजन्य फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेपछि भवनको निमार्ण गर्न लागिएको हो। जिल्ला अस्पताल परिसरमा फोहरमैला व्यवस्थापन भवन निर्माण कार्य भईरहेको छ।

५० बेडको अस्पताल भए पनि मेडिकल फोहोरको व्यवस्थापन नहुँदा अस्पताल प्रशासनले दुखको साथ फोहरमैला व्यवस्थापन गर्दै अएको थियो। मेडिकलजन्य फोहोरहरुको व्यवस्थापन गर्नका लागि दियालो निर्माण सेवा त्रियुगा नगरपालिका–११ ले भवन बनाउने जिम्मा पाएको छ। असार १५ गते सम्म निर्माण सम्पन्न गर्ने गरि करिब ३१ लाख ९६ हजार लागत स्टमेटमा बोलपत्र आव्हान गरिएकोमा २० लाख ४० हजारमा बोलपत्र स्वीकृत भएको अस्पतालका सूचना अधिकारी बृखबहादुर खत्रीले बताए।

सूचना अधिकारी खत्रीका अनुसार विद्युतिय माध्यमबाट बोलपत्र आव्हान गरिदा अस्पताललाई करिब ३६ प्रतिशत रकम बचत भएको छ। माघ ३ गते बोलपत्र आव्हान गरिएको र बोलपत्रको सम्पूर्ण प्रक्रिया पुरा गरेर चैत १० मा निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको अस्पतालले जनाएको छ।

सरकारले ८ बर्ष अघि नै स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका २०७१ जारी गरि अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने स्पष्ट गाईडलाईन तोकेको छ। निर्देशिका अनुसार काम गर्नु पर्ने भएपनि जिल्ला अस्पताल बाहेकका उदयपुर जिल्ला भित्र संचालित निजी अस्पतालहरुले सरकारको मापदण्ड अनुरुप फोहोर ब्यवस्थापन गर्नु पर्नेमा फोहोरलाई जथाभाबी बिसर्जन गर्ने गरेका छन्।

अस्पतालको स्वीकृति लिंदा मेडिकल फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी स्विकार्ने तर अन्य फोहोर सरह मेडिकल फोहोर नगरपालिकाको फोहोर फाल्ने गाडीमा फाल्ने गरिएको छ। अस्पतालबाट उत्पादन हुने फोहोरहरु विषाक्त हुने हुदाँ वातावरण र मानव स्वास्थ्यलाई गम्भिर असर पर्ने भएकाले जिल्ला अस्पतालको जस्तै अन्य निजी अस्पतालहरुले समेत फोहर व्यवस्थापन गर्नु जरुरी छ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

आउँदो बर्खामा देशभर औसतभन्दा धेरै वर्षा हुने !

प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ ।

सुर्खेतमा कांग्रेस–माओवादी मिले, समाजवादी जिल्ल

‘समाजवादीलाई राष्ट्रिय स्तरमै पनि हाम्रो पाटीले संरक्षण गरेर जानुपर्ने अवस्था छ,’ सचिव दर्लामीले भने, ‘सुर्खेतमा पनि हामीले संगै लिएर जान खोजेको थियौ त्यसैले माओवादीले होइन कांग्रेस उनीहरुलाई हेपेको हो ।’

३ दिनको मौसम पूर्वानुमान यस्तो छ !

बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.