बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरू हुँदैछ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरू हुन लागेको हो।

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ।

यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।

नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

आउँदो बर्खामा देशभर औसतभन्दा धेरै वर्षा हुने !

प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ ।

सुर्खेतमा कांग्रेस–माओवादी मिले, समाजवादी जिल्ल

‘समाजवादीलाई राष्ट्रिय स्तरमै पनि हाम्रो पाटीले संरक्षण गरेर जानुपर्ने अवस्था छ,’ सचिव दर्लामीले भने, ‘सुर्खेतमा पनि हामीले संगै लिएर जान खोजेको थियौ त्यसैले माओवादीले होइन कांग्रेस उनीहरुलाई हेपेको हो ।’

३ दिनको मौसम पूर्वानुमान यस्तो छ !

बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.