बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९

पोखरीमा डुबेर २ जनाको मृत्यु बारामा

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

नेपाल अनलाइन पत्रिका – वीरगञ्ज। बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

त्यसैगरी बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए ।

घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

लिखित परीक्षा र विज्ञापन निगमले रद्ध गर्‍यो !

निगमको मानव संसाधन विभागले सार्वजनिक सूच्ना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ ।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो !

नेपाललाई अमेरिकाले आफ्नो सैन्य गठबन्धनमा राखेको भनी त्यसबेलै विरोध भएको थियो । एसपीपी पनि अगाडि बढेको थिएन ।

डा. नारायण खड्का: नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन !

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

सम्बन्धित समाचार

चट्याङसहित वर्षाको सम्भावना

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

आज र भोलिको मौसम कस्तो रहनेछ?

बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आउँदो बर्खामा देशभर औसतभन्दा धेरै वर्षा हुने !

प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.